विराटचोक,१५ पुस ।  झापाको पृथ्वीनगर  स्थित सानाकिसान सहकारी संस्थाले  स्वर्गीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई मरणोपरान्त अभिनन्दन गर्ने भएको छ ।  

पुस १८ गते हुने २४ औ  साधारण सभाको अवस्वरमा उहाँलाई  अभिनन्दन गर्ने भएको हो ।संस्था र सम्पूर्ण साना किसानहरुलाई पुर्याउनु भएको अतुलनिय योगदानको कदर गर्दै अभिनन्दन गर्न लागिएको  संस्था कि अध्यक्ष ईन्दिरा निरौलाले बताउनु भयो । 

सोही संस्थाबाट निर्मित स्व. भरतमोहन स्मृति विश्रामालयको समेत उद्घाटन कार्यक्रम हुने भएकोले भरतमोहन स्मृति प्रतिष्ठानकी  संरक्षक सविता अधिकारीलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको संस्थाबाट जानकारी भएको छ । 

त्यसैगरी मोरङको सुन्दरहरैंचा १० निवासी सहकारीकर्मि महेश आचार्यलाई पनि सम्मान गरिने भएको छ । झापाका किसानहरुलाई सहयोगी भूमिका निर्वाह  गरे बापत साना किसानहरुकै माझ सम्मान गरिने अध्यक्ष निरौलाले बताउनु भयो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको शिक्षा उप समिति सदस्य समेत रहेका आचार्य सहकारी विज्ञको रुपमा परिचित छन ।

समेत लामो समय देखि सहकारी आन्दोलनमा सकृय रहेका आचार्य आश लाग्ला युवा हुन् । पुस १६ गते हुने राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचनमा लेखा तथा सुपरीवेक्षण समिति सदस्य पदमा आचार्यले उम्मेदवारी दिएका छन् ।