काठमाडौं । ४ जना नेपाली चीनमा पक्राउ परेका छन् । कामको खोजीमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपालीलाई हत्या अभियोगमा पक्राउ गरिएको हो ।

काम गरेर पैसा कमाउने भनेर गएका सर्केगाड २ उनापानी गाउँका पेज फडेरासहित चार जनालाई चिनिया प्रहरीले १ हप्ता अगाडि ताक्लाकोटमा चिनिया महिलाको हत्या गरेको आरोपमा पक्राउ गरेको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका सिमकोट १ दोजामका ईन्द्र लामाले बताए ।

पेज फडेरा बाहेक अन्य ३ जनाको नाम खुल्न सकेको छैन । चिनिया प्रहरीले चिनिया महिलासँग भएको पैसा लुटेर हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउमा परेका चारै जनालाई थप अनुसन्धानका लागि पुराङ काउण्टीको सदरमुकाम टिन्चु लगिसकेको ताक्लाकोट पुगेका बिगत लामो समयदेखि ताक्लाकोटमा ब्यापार व्यवसाय गर्दै आएका नाम्खा १ गाडपारीका उर्गेन लामाले बताए ।

हत्या अभियोगमा ४ जना समातिए पनि बास्तिवक हत्यारा पत्ता लगाइ अनुसन्धान पछि निर्दोष भए छोड्ने चिनिया प्रहरीले बताएको उनले जानकारी गराए ।

४ जना पक्राउ परेपछि ताक्लाकोटमा नेपाली कामदारलाई कडाई गरिएको छ । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरलाई भने कुनै जानकारी छैन ।