सिरहा। गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बन्दै गैरहेको छ ।

तापक्रम बढेकै कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित जनता माध्यमिक विद्यालय राजपुरमा दुइ वालिका मुर्छित भएका छन् । सोही स्कुलका शिक्षकका अनुसार कक्षा ६ मा अध्यनरत छात्रा निशा सदा र खुश्वु सदा पढदा पढदै गर्मीले मुर्छित भएका हुन् ।

मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।

सोमबार तापक्रम ३७ डिग्री रहेको थियो । सिरहाकाे तापक्रम ४०–४१ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । शनिबार यहाँको तापक्रम ४० दशमलव ३ डिग्री रह्यो ।