• भगवती अर्याल 

विराटचोक,२०पुस । इन्द्रपुर समस्त भजन सञ्जालको अध्यक्षमा सुन्दरहरैंचा ९ की गीता लम्साल चयन हुनुभएको छ । सुन्दरहरैंचाको मंगल स्मृति प्रतिष्ठानमा मंगलबार भएको भजन सञ्जालको साधारण सभाले लम्साल लाई सर्वसम्मत ढंगले अध्यक्षमा चयन गरेको हो । 

323868815_674246441093643_5315321715218744304_nसञ्जालको निवर्तवान अध्यक्ष रुजा घिमिरेले  सुन्दरहरैंचा नगरपालिकाको जनप्रतिनिधि तथा कार्यापालिका सदस्यमा निर्वाचित भए पछि सो पदबाट बिदा लिएको हुदाँ  लम्साल लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको थियो । भजन सञ्जालको साधारण सभामा सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त इन्द्रपुर समस्त भजन सञ्जाल साविक कोशीहरैचां नगरपालिकाका विभिन्न वाडाहरुका ६० ओटा भन्दा बढी भजन समुह मिलेर बनेको  छाता समूह हो ।

यो पनि पढ्नुहोस - विराटचोकमा आधुनिक प्रविधिमा पिउने पानीको सार्वजनिक धारा निर्माण हुने