अछाम । अछाम जिल्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्य भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
चौरपाटी गाउँपालिका २ मुलीमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा नम्बर २ का रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेका अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
प्रहरीका अनुसार उत्तम साउद, लक्ष्मी साउद, मान बहादुर भुल र सरस्वती साउद गम्भीर घाइते छन् । मृतक र घाइते सबै स्थानीय दशपल्ले मावि सोकटमा अध्यनरत छात्र छात्रा रहेको प्रहरीको भनाई छ ।
घाइते विद्यार्थीलाई उपचारका लागि चौरपाटी स्थित स्वास्थ्य संस्थामा लगिएको छ । वडा नम्बर ३ डुग्रीबाट बालुवा लिन वडा नम्वर २ तर्फ आउँदै गरेको ट्याक्टरको अगाडिको भाग पल्टिँदा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ ।


