एजेन्सी । संसारमा एउटै अनुहार भएका सात जना मान्छे हुन्छन् भन्ने कुरा सुनेकै छौ । तर यस्तै कुरा सत्य सावित भएको छ । यी व्याक्ति ठ्याक्कै बलिउडका सुपर स्टार शाहरुख खान जस्तै देखिन्छन् । उनि शाहरुख खान जस्तो देखिने मात्र नभई उनको अभिनय, कपडा लगाउने तरिकाको पनि नक्कल गर्छन ।
यी व्यक्ति हुन भारत गुजरातको जुनागढका बासिन्दा इब्राहिम कादरी । उनले शाहरुख खानको जस्तै अभिनय गरेर सामाजिक सञ्जालमा भिडियोहरू शेयर गर्ने गरेका छन् ।
यतिखेर इब्राहिमको इन्स्टाग्राममा ५७ हजार भन्दा बढी फलोअरहरू छन्, र उनलाई शाहरुख खानको शैली जस्तै भनेर धेरै मानिसहरूले मनपराएका छन्। शाहरुख जस्तो देखिने इब्राहिम कादरीको इन्स्टाग्राममा धेरै फ्यान फलोइङ छन् । कादरी सामाजिक सञ्जालमा चर्चामा आउनुअघि पेन्टर को काम गर्थे । पेन्टिङहरू बनाएर बेचेको पैसाले शाहरुख जस्तो देखिने कपडा र चस्मा किन्ने गर्थे । तर अहिले उनले चित्रकला पेशा लाई छाडी दिएका छन् ।
इब्राहिमले शाहरुखको केहि कुछ होता है, रईस, डन लगायत धेरै चर्चित फिल्मका संवाद र शैलीका साथ भिडियो बनाएका छन् । उनको भिडियो इन्स्टाग्राममा ट्रेन्डिङ हुन थालेपछि भिभिन्न कार्यक्रममा मानिसहरूले उनलाई बोलाउन थालेका छन् । अहिले उनले शाहरुखको स्टाइल र संवाद बोलेर राम्रो कमाइ गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा उनको तस्विर र भिडियो हेर्दा मानिसहरुलाई यी दुईलाई छुट्याउन गाह्रो हुने प्रतिकृया दिन थालेका छन् । भारतीय फिल्मी क्षेत्रमा आलिया भट्ट,अनुष्का शर्मा,सुशान्त सिंह राजपूत, सलमान खान लगायतका कलाकार संगको मोल्दोजुल्दो अनुहारहरु छन् ।



















