काठमाडौ । शिव खेडाको एउटा भनाइ छ जित्नेहरु कुनै फरक काम गर्दैनन् तर हरेक काम फरक किसिमले गर्छन । हरेक क्षेत्रमा फरक काम गरेर आफ्नो छुट्टै परिचय बनाएर स्थापित हुन चाहने सोच अहिलेको युवा पुस्तामा छ ।

बिश्वभरी नै सिनेमा , साहित्य र संगीतमा फरकपन अहिले महसुस गर्न सकिन्छ । नेपालमा संगीतमा लाग्ने अहिलेका नयाँ पुस्ताका संगीतकर्मीले संगीतमा नयाँ प्रयोग गर्दै विभिन्न फरक गीत संगीत प्रस्तुत गर्दै आइरहेका छन ।

बिश्व भरमा तेस्रो लिङ्गीहरुलाई हेरिने नजर र गरिने व्यवहार नकारात्मक छ । अझैपनि बिनादोष प्राकृतिक रूपमा लिएको जन्मलाई लिएर समाजमा उनिहरुले तिरस्कृत र घृणित जिन्दगी जिउदै आउनु परेको छ।

तेस्रो लिङ्गीले आफुले चाहेको जस्तो जिन्दगी ससम्मान बाच्न पाउनु पर्छ भन्ने सामाजिक सन्देश बोकेको गीत ु बुझिदेउु को म्युजिक भिडियो सार्वजनिक भएको छ।

केही दिन अघि सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया र साथ मिलेको छ। यस गीतमा स्वर , संगीत र शब्द गायक राज लिम्बुको रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिश्व अधिकारीको गरेका हुन ।

अजय रेग्मीले खिचेको भिडियोमा निरज , आशिक , लक्ष्मण चौलागाईं , सावित्री देवी गौतमको अभिनय रहेको छ। क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो।