आज (आइतबार) पूर्वी र मध्य क्षेत्रका केही स्थानमा सामान्य बदलीबाहेक देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पूर्वको पहाडी र तराई तथा मध्य क्षेत्रको तराईमा मौसम आंशिक बदली भएको छ।
भारतको बंगालमा बनेको न्युन चापीय रेखाको प्रभावले खासगरी देशको पूर्वी क्षेत्र र मध्य क्षेत्रको तराईमा मौसम बदली भएको उनले बताए। बाँकी सबै क्षेत्रमा मौसम सफा रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दिउँसो भने देशका पहाडी क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना छ। देशका पूर्वी, मध्य र पश्चिम तीनै क्षेत्रका पहाडी भेगमा दिउँसोतिर पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।
‘तर काठमाडौं उपत्यकामा भने पानी पर्ने सम्भावना एकदमै न्यून देखिएको छ,’ उनले भने।
जल तथा माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे तीन दिनकाे माैसम अनुमान-
जेठ १२ गते (आइतबार)
दिउँसो: देशका पूर्वी भूभाग तथा मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली हुने देखिन्छ भने बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पूर्वका थोरै स्थानमा तथा मध्य र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागमा आंसशक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भेगका एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
जेठ १३ गते (सोमबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंसिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
जेठ १४ गते (मंगलबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंसिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागमा आंसिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।


