एजेन्सी ।  तेलुगु अभिनेता सुधीर वर्माको सोमबार निधन भएको छ। कुन्दनपु बोम्मा, नीकु नाकु ड्यास ड्यास र सेकेन्ड ह्यान्ड जस्ता चलचित्रहरूमा आफ्नो भूमिकाका लागि चर्चित तेलुगु अभिनेता वर्माले आत्महत्या गरेको बताइएको छ ।

कुन्दनपु बोम्माका उनका सह-कलाकार सुधाकर कोमाकुलाले ट्वीटर मार्फत उनको निधन भएको जानकारी गरेका छन् । उनको आकस्मिक निधनले फ्यानहरूलाई स्तब्ध बनाएको छ, तेलुगु फिल्म उद्योगका धेरै कलाकारहरूले उनको परिवारलाई समवेदना प्रकट गरेका छन्।

मिडिया रिपोर्टका अनुसार सुधीर वर्माले व्यक्तिगत कारणले यो कदम चालेका हुन् । यति मात्र होइन, उनी मानसिक तनावबाट पनि लडिरहेका थिए । यो दबाब सहन नसकेर उनले आत्महत्याको निर्णय लिएको अनुमान गरिएको छ । 

परिवारका एक सदस्यले मिडियालाई दिएको जानकारी अनुशार उनी पछिल्लो समय फिल्ममा राम्रो भूमिका पाउन संघर्षरत कामको लागि संघर्ष गरिरहेका थिए । दिवंगत अभिनेता वर्माको मंगलबार भिजागमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले बताए ।