एजेन्सी : आठ वर्षकी देवांशी संघवीले भविष्यमा अर्बौँको हीरा व्यवसाय सम्हाल्न सक्थिन्। तर एक धनाढ्य हिरा व्यवसायीकी छोरी उनले हाल कठिन जीवन व्यतीत गरिरहेकी छिन्।

खस्रो सेतो फरिया लगाएर उनी खाली खुट्टा अरूको घर घरमा पुगेर भिक्षा मागिरहेकी छन्। गत साता धनेश र अमी संघवीका दुईमध्ये ती जेठी छोरीले भिक्षुणी बन्ने निर्णय गरेकी हुन्।

हीराको व्यापार गर्ने आफ्ना अभिभावकसँग देवांशीसंघवीहरूको जनसङ्ख्या झन्डै ४५ लाख छ र उनीहरू विशेषगरी जैन धर्म मान्छन्। यो भारतमा २,५०० वर्षभन्दा पहिलेदेखि नै स्थापित एक धर्म हो। धर्मबारे अध्ययन गरेकाहरूका अनुसार सांसारिक मोहको त्याग गर्ने जैन धर्मावलम्बीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा बढ्दो क्रममा छ। तर देवांशीले जस्तो बाल्यकालमै त्यस्तो पथ रोज्नु भने असामान्य हो।

गत बुधवार उनले गुजरातको सुरत सहरमा जैन भिक्षुभिक्षुणी र अन्य हजारौँ उपस्थित एक समारोहकाबीच दिक्षा लिएर त्यागको प्रण गरेकी थिइन्।

आफ्ना अभिभावकसँग उनी रत्नको आभूषण र रेशमले बनेको पोसाक लगाएर समारोहस्थलमा आइपुगेकी थिइन्। उनको टाउकोमा हीरा जडित ताज थियो।धार्मिक कार्यक्रम पश्चात् उनी अन्य भिक्षु भिक्षुणीसँगै उभिइन्। सेतो फरियाको सप्कोले मुन्डन गरिएको उनको टाउको पनि छोपेको थियो।

तस्बिरहरूमा उनले कुचो समातेको देख्न सकिन्छ जुन उनले आफू हिँड्दा किरा कमिला झुक्किएर कुल्चिनु नपरोस् भनेर बढारेर पन्छाउनका निम्ति बोक्ने छिन्।

त्यसयता देवांशी अन्य जैन भिक्षुभिक्षुणीहरू बस्दै आएको उपाश्रय भनिने एउटा आश्रममा बस्दै आएकी छन्। “उनी अब आफ्नो घरमा बस्न पाउँदिनन्, उनका अभिभावक अब उनका अभिभावक रहेनन्। अब उनी एक साध्वी हुन,” देवांशीको परिवारसँग मित्रवत् सम्बन्ध रहेका सुरतस्थित एक हीरा व्यापारी कीर्ति शाहले भने।

"एउटी जैन भिक्षुणीको जीवन साँच्चै कठिन हुन्छ। उनले अब जहाँ जाँदा पनि हिँड्नुपर्नेछ, कुनै पनि प्रकारको यातायातका साधन चढ्न पाउँदिनन्। उनी भुईँमा सेतो तन्ना विछ्याएर सुत्नेछिन् र सूर्यास्तपछि उनले खाना खान पाँउदिनन्," उनले थपे।

संघवीहरू जैन धर्मको त्यस्तो सम्प्रदायका सदस्य हुन् जस्ले बालबालिकालाई पनि भिक्षुका रूपमा स्वीकार्ने गर्छन्। देवांशीका अभिभावक “अत्यन्त धार्मिक” भनेर चिनिन्छन्। भारतीय सञ्चारमाध्यमहरूले उक्त परिवारका साथीभाइलाई उद्धृत गर्दै ती बालिकाको “सानो छँदा देखिनै आध्यात्मिक जीवनतर्फ झुकाव रहेको” उल्लेख गरेका छन्।

“देवांशीले कहिल्यै टेलिभिजन वा चलचित्र हेरेकी छैनन्। उनी मल वा रेस्टुरेन्ट गएकी छैनन्,” द टाइम्स अफ इन्डियाले लेखेको छ। “सानैदेखि देवांशीले दिनमा तीन पटक प्रार्थना गर्दै आएकी छिन् र दुई वर्षको हुँदा नै उनी व्रत बसेकी थिइन्,’’ उक्त पत्रिकाले उल्लेख गरेको छ।

14c29ad0-9b6a-11ed-8caa-69b4e6848359सन्यास ग्रहण समारोहको अघिल्लो दिन उनको परिवारले सुरतमा रङ्गीचङ्गी झाँकीसहितको एक विशाल यात्राको आयोजना गरेको थियो। ऊँट, घोडा, गोरुगाडा अनि बाजागाजा सहभागी त्यो यात्रा हजारौँले हेरेका थिए। देवांशी र उनको परिवार हात्तीले तानेको रथमा बसेका थिए भने भीडले उनीहरूमाथि गुलाबको फूल वर्षाँउदै स्वागत गरेका थिए।

सानो उमेरकी बालिकालाई परिवारबाट बिछोड गराइएकामा अन्य धेरै समुदायका सदस्यहरूले पनि असहज महसुस गरेको बताएका छन्। यो विषयबारे समाचारहरू प्रकाशित भएसँगै कैयौँले सामाजिक सञ्जालमा बाल अधिकारको उल्लङ्घन भएको आरोप लगाउँदै परिवारको आलोचना गरेका छन्।साना बालबालिकालाई सन्यास ग्रहण गर्न लगाइने प्रथा रोक्न सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँछन्।

तर त्यस्तो हुने सम्भावना धेरै छैन। घटनाबारे सरकारले के गर्ने विचार गर्दैछ भन्ने बारेमा थप जानकारी लिन मैले न्याशनल कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सका प्रमुख प्रियाङ्क कानुन्गोको कार्यालयमा सम्पर्क गरेकी थिएँ। तर यो “संवेदनशील विषय” रहेको बताँउदै उनले यसबारे टिप्पणी गर्न नचाहेको जानकारी उनको कार्यालयले गराएको छ ।

देवांशी अधिकारकर्मीहरू भने देवांशीको अधिकार हनन् भएको दाबी गर्दछन्।बच्चा "आफ्नो स्वतन्त्र इच्छाबाट" तपस्वी बनेको भन्नेहरूका लागि प्राध्यापक मेहताको जवाफ छ, "बच्चा दिने सहमति कानुनी सहमति होइन।"

“कसैले स्वतन्त्र रूपमा निर्णय गर्न सक्ने भन्ने ठानिएको उमेर भनेको कानुनी रूपमा १८ वर्षको हो। त्यसअघि उनको तर्फबाट गरिने निर्णय आमाबाबु जस्तै परिवारका वयस्य सदस्यले गर्ने गर्छन् जसले त्यो निर्णय उनको हितमा छ वा छैन भनेर विचार गर्नुपर्छ।”

“र, यदि त्यो निर्णयले बच्चालाई शिक्षा र मनोरञ्जनबाट वञ्चित गर्छ भने त्यो उनको अधिकारको उल्लङ्घन हो।” तर मुम्बई विश्वविद्यालयमा जैन दर्शन पढाउने डाक्टर विपिन दोषी भन्छन्, "तपाईँले आध्यात्मिक संसारमा कानुनी सिद्धान्तहरू लागू गर्न सक्नुहुन्न"।

"केहीले बालबालिका यस्ता निर्णय लिन पर्याप्त रूपमा परिपक्व नहुने बताइरहेका छन्। तर अधिक बौद्धिक क्षमता भएका बच्चाहरू पनि छन् जसले वयस्कहरू भन्दा धेरै कुरा प्राप्त गर्न सक्छन्। त्यसैगरी यस्ता केटाकेटीहरू पनि छन्, जसमा आध्यात्मिक झुकाव हुन्छ। यस्तो अवस्थामा उनीहरू भिक्षुभिक्षुणी भए गलत के हुन्छ?" उनले प्रश्न तेर्साए।