अमेरिका,२० माघ । प्रवासी नेपाली एकता मंच अमेरिकाको दोश्रो पूर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बिहीबार सँस्थाका अध्यक्ष शंकर पन्तको अध्यक्षतामा सम्पन्न भएको बैठकले सँस्थाको वार्षिक कार्ययोजना निर्माण गर्नुको अलावा सँस्थालाइ आर्थिक रुपमा बलियो बनाउन आवश्यक आर्थिक योजना निर्माण गरेको छ ।
साथै बैठकले सँस्थाका पदाधिकारीहरु देखि सदस्यहरुको कार्यविभाजन गर्नुको साथै केहि महत्वपूर्ण व्यक्तित्वहरुलाइ महत्वपूर्ण जिम्मेवारी पनि सुम्पिएको महासचिव युवराज खनालले जानकारी दिनु भयो ।
बैठकले क्षेत्रिय इन्चार्जहरुमा उपाध्यक्षहरुलाइ जिम्मा दिइएको छ जसअनुसार पश्चिम क्षेत्रमा उद्धव खनाल,मध्य पश्चिम क्षेत्रमा सरस्वती मुखिया, उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र डिसी मेट्रो क्षेत्र टँक कुँवरले जिम्मा पाउनु भएको छ । त्यसै गरेर सल्लाहाकार परिषद,अध्यक्षमा डा.भरत रावल बुद्दिजिबी परिषद,अध्यक्षमा डा. रामचन्द्र बराल र अनुशासन आयोग अध्यक्षमा राम प्रसाद ज्ञवालीलाइ जिम्मेवारी दिइएको छ ।
त्यस लगायत संस्थाका पदाधिकारीहरुलाइ पनि विभिन्न जिम्मेवारीहरु प्रदान गरिएको छ भने सँस्थाको स्थापना देखि हालसम्म वहाँले खेल्नु भएको भूमिकाको सम्मान गर्दै र वहाँको महत्वलाइ मनन गर्दै टेक्सास निवासी चन्द्र पाण्डेलाइ संस्थाको केन्द्रिय कमिटिमा मनोनित पनि गरिएको छ ।




















