काठमाडौं,२१ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले इटहरीको जनता माध्यामिक विधालयलाई भौतिक पूर्वाधार निर्माण सहित स्कुल बस सहयोग गर्ने प्रतिबद्दता जनाएकी छिन । 

शनिवार मन्त्री निवास पुलचोक ललितपुरमा भेटको क्रममा उनले १ थान स्कुल बस,कक्षा कोठा र भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्वता जनाएको विधालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगालले जानकारी दिए । 

उक्त विधालय मन्त्री चौधरीको निर्वाचन क्षेत्र सुनसरी ३ मा पर्दछ । गत मंसिर ४ गते भएको निर्वाचनमा नेकपा एमाले बाट प्रतिनिधि सभामा मन्त्री चौधरी निर्वाचित भएकी थिइन् ।   

यो पनि पढौं - जनता माविका प्रतिनिधिहरुको मन्त्रालयमा डेलिगेसन

जनता माविलाई १ नम्बर प्रदेश कै उतकृष्ट विधालय बनाउने अभियामनको क्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाल र शैशिक सलाहाकार रेवति घिमिरे सहितको टोलीले  शिक्षा मन्त्री शिशिर खनाल साथै अर्थ तथा उपप्रधानमन्त्री बिष्णु पौडेल सँग पनि बिहिबार विधालयको समस्याहरु लगायतको बिषयमा छलफल गरेको थियो  । 

पूर्वकै नाम चलेको उक्त सरकारी विद्यालयाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रानलयले सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनौट गरेको थियो ।

उक्त विधालयले गतसालको एसईईको परिक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको थियो ।

328360328_567050232010739_8363746393631644317_n (1)