- टर्कीमा पाँच हजारभन्दा बढी भवनहरू ध्वस्त भएका छन् । सडकहरु भत्किएका छन् । सबैभन्दा खराब स्थिति दक्षिणी टर्कीमा छ। कडा जाडो र भारी वर्षाले उद्धार कार्यमा कठिनाइ भएको छ । तस्विरमा हेर्नुहोस् टर्कीको अवस्था कस्तो छ ?
जताततै भत्किएका भवनको भग्नावशेष... भग्नावशेषबाट शव निस्किएको... प्रहरी, दमकल, एम्बुलेन्सका साइरन र यो आवाजबाट निस्किरहेको चिच्याहट ....यो अवस्था अहिले टर्की र सिरियामा व्याप्त छ। चौबीस घण्टामा यहाँ चार वटा भूकम्प गएको छ । सोमबार बिहान पहिलो भूकम्प ४. १७ मा आएको थियो । यो भूकम्प दक्षिणी टर्कीमा सिरियाको सिमाना नजिक रहेको गाजियनटेपमा भएको हो । यसको तीव्रता ७.८ थियो।
झण्डै आठ दशकपछि टर्कीमा यस्तो शक्तिशाली भूकम्प आएको छ । यसअघि सन् १९३९ मा पनि ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा ३२ हजार ७ सय जनाको ज्यान गएको थियो । जहाँ, सन् १९९९ अगस्ट १७ मा टर्कीको इज्मिटमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा ३२ हजार ७०० जनाको ज्यान गएको थियो । जहाँ, सन् १९९९ अगस्ट १७ मा टर्कीको इज्मिटमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसमा १७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो
पहिलो भूकम्पपछि तीनवटा शक्तिशाली भूकम्प गएका थिए । पहिलो भूकम्प गएको ९ घण्टापछि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६ रेक्टर स्केलको तेस्रो भूकम्प गएको थियो । टर्कीमा मंगलबार बिहान पनि ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
टर्की र सिरियाका धेरै सहर भूकम्पको चपेटामा परेका छन् । भूकम्पको धक्का यति शक्तिशाली थियो कि भवनहरू कार्डको थैली जस्तै ढले। टर्की र सिरियामा हालसम्म ५ हजार ६ सय भवन ध्वस्त भएको समाचार छ । विहान ४ बजे भूकम्प गएको थियो, त्यतिबेला सबैभन्दा बढी
मानिसहरु घरमै सुतिरहेका थिए । यस्तो अवस्थामा जब भूकम्प आयो र भवनहरू भत्किएपछि उनले ज्यान जोगाउने मौका पाएनन् । एकैछिनमा भवनहरु भत्किएर घरमा सुतिरहेका मानिसहरु भग्नावशेषमा दबिए ।
भत्किएका भवनको भग्नावशेषबाट शव बाहिर निस्किरहेका छन् । बाँचेकाहरुको चिच्याहट सुनिन्छ । हजारौं सरकारी अधिकारी, उद्धार टोली, दमकल, मेडिकल टोली र साढे तीन हजार सैनिक जनताको उद्धारमा जुटेका छन् । तर, अत्याधिक चिसो र वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
टर्कीका स्वास्थ्य मन्त्रीले मौसम र प्रकोपको दायराले उद्धार टोलीका लागि चुनौती सिर्जना गरेको बताए। खराब मौसमका कारण उद्धार टोलीका हेलिकप्टर पनि उड्न सकेका छैनन् । यति मात्र होइन, हालै टर्की र सिरियाका धेरै क्षेत्रमा भारी हिमपात भएको छ । जसका कारण तापक्रम पनि घटेको छ
एलेप्पोको जान्दरिस सहरमा पहिले भवन भएको ठाउँमा अहिले इँटा–सिमेन्ट, स्टिलको रड र च्यातेका लुगाहरू परेका छन् । एक युवकले समाचार एजेन्सीलाई भने, ‘त्यो भवनमा १२ परिवार बस्थे । एक जना पनि बाहिर आउन सकेनन् । एक पनि होइन।' टर्कीमा गएको भूकम्पपछि ३६ घण्टामा सयभन्दा बढी पराकम्पन गएको छ । टर्की भूकम्पको दृष्टिले विश्वको सबैभन्दा संवेदनशील क्षेत्र हो। यो तीन टेक्टोनिक प्लेटहरू बीच छ। जो एकअर्कालाई धकेलिरहेका छन् । त्यही भएर भूकम्प जान्छ । यहाँ भूकम्पको लामो इतिहास छ। करिब दुई हजार वर्षअघि भूकम्पले दर्जनौं सहरलाई भग्नावशेषमा परिणत गरेको थियो ।
टर्कीमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि अहिलेसम्म करिब १०९ वटा पराकम्पन गएको छ । सामान्यतया सबै ठूला भूकम्पपछि धेरै परकम्पहरू महसुस हुन्छन्।
तर टर्कीमा आएका केही परकम्पहरूको तीव्रता निकै उच्च थियो। परकम्पको तीव्रता पनि ७.५ थियो, अर्थात् पहिलो भूकम्पको झन्डै बराबर। तर, युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेकी सिस्मोलॉजिस्ट सुसान हफले यसमा कुनै अचम्मको कुरा नभएको बताउँछन् । कहिलेकाहीँ परकम्पहरू मूल भूकम्पभन्दा धेरै तीव्रताका हुन्छन्। टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या हरेक घण्टा बढिरहेको छ । टर्कीमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।




















