बेलबारी,३ फागुन  । म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडा सहित २ जनालाई मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । 

मंगलबार राति बेलबारी १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाईदिएका थिए ।

होटलबाट बाहिर निस्किएर झगडा गरेको  प्रहरीलाई स्थानीयले खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन ।

पिडित पक्ष ईलाकामा आएर सहमति नगरे सम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने समेत उनले बताए । पिडितलाई भने अस्पताल लगिएको छ ।

यो पनि पढौं - सुन्दरहरैँचामा "विराटचोक महोत्सव तथा फुड फेस्टिवल" हुने,यस्तो छ महाेत्सवको आकर्षण