बिकास आचार्य
लेटाङ ,१२ असार । मोरङको एक युवाले आफ्नो लिङ्ग आफै क्षेदन गरेका छ्न । लेटाङ नगरपालिका वडा नम्बर ३ स्थित मिलन चोक स्थाइ बसोबास गर्ने वर्ष २२का सुनिल राईले आफ्नो लिङ्ग आफै क्षेदन गरेका हुन ।
मादक पदार्थको अधिक सेवन गर्ने राई केही समय अधि देखि बिरामी रहेको र घटना घटेको समयमा घरमा एक्लै भएको मौका छोपि भान्सा घरमा बिहीवार मध्यान्ह १:४५ बजेतिर धारिलो हतियार(दाउ)को प्रयोग गरि घटना घटाएको ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी निरिक्षक दिपक कटुवालले जानकारी दिए।
श्रीमती सहित १ छोराको बाबू समेत रहेका राई बेहोस अवस्थामा भान्सा घरमा भेटिएपछि उपचारका लागि वि. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान लगिएको परिवार श्रोतले जानकारी दिएको छ।


