विगतका असमझदारी र तिक्तता बिर्सेर ओली-माधवबीच भएको हालैको वार्ता र सतहमा आएको त्यसका सकारात्मक सङ्केतले तृणमूल तहसम्म र खासगरी वाम मतदातामा अनौठो उत्साह पैदा भएको छ । ओली-प्रचण्डको मिलनबाट नयाँ गठबन्धन बनेको खुसियाली नसकिंदै ओली-माधवको निकटता, सहकार्य र एकताको वातावरण बन्दा राष्ट्रपति निर्वाचनमा विजयको सुनिश्चिततामात्र होइन, अरू धेरै सकारात्मक सम्भावनाको ढोका खुलेको छ । मिल्दा लपक्कै मिल्ने कम्युनिष्ट नेताको परम्परा कायम भएमा आउँदा केही दिनमा नेपालको राजनीतिले सुखद परिणाम दिनेछ 

  • ✍️ निर्मल भट्टराई

राष्ट्रपतिको निर्वाचन नजिकिंदै जाँदा नेपालको राजनीतिमा नयाँ-नयाँ मोड देखा पर्न थालेका छन् । सरकार गठन हुँदा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको नेकपा(एमाले)लाई राष्ट्रपति र सभामुख सत्ता गठबन्धन दल सहमत भए पनि प्रधानमन्त्रीलाई एकाएक नेपाली कांग्रेसले विश्वाशको मत दिएपछि सो सहमतिमा प्रधानमन्त्री र वहाँको दल नेकपा (माओवादी) केन्द्रबाट अन्योलपूर्ण अभिव्यक्ति आउन थाले र नेपाली कांग्रेस माओवादीको भोटले आफ्नो उम्मेद्वारले राष्ट्रपति पद जित्ने दाबी सार्वजनिक गर्न थाल्यो । एमालेको उम्मेद्वारले राष्ट्रपति जितेमा देशमा भयावह हुने खालको प्रायोजित टिप्पणी सार्वजनिक हुन थाल्यो । विवादित एवं तथाकथित मुलधारका मिडियाले कम्युनिष्टहरूलाई मिल्न नदिने भ्रमात्मक समाचार बनाइरहे, बनाइरहेका छन् ।

यसैबीचमा वर्तमान गठबन्धनका किङमेकर नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली र सोही पार्टीबाट सानातिना शैलीगत र सांगठानिक असन्तुष्टि जनाउँदै अलग भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच लामो सम्बादसहित निर्माण भएको निकटताले अहिले नेपालको राजनीतिक बजार तातेको छ । राष्ट्रपतिको निर्वाचनमा सहकार्य गरेर पार्टी एकतासम्म जाने अवस्था भएमा नेपालको राजनीतिले नयाँ दिशा पक्डने निश्चित छ । एमालेविरूद्धको घेराबन्दी र रच्न खोजिएको चक्रव्युह च्यातिने निश्चित छ ।

वामपन्थी ध्रुवीकरण

नेपालका वामपन्थीहरूले माधव नेपाल वा अरू कोही नेतालाई सहमतिको राष्ट्रपतिको उम्मेद्वार खडा गर्न सके भने देशमा आगामी पाँच वर्ष उनीहरूको नेतृत्व कायम हुनेछ । राष्ट्रपति,प्रधानमन्त्री,सभामुखमात्र होइन, सबै प्रदेश सरकारहरू कम्युनिष्टहरूकै नेतृत्वमा हुनेछन् । साविक नेकपाको सरकारले शुरू गरेका समाजवादको आधार युगीन महत्वका कार्यक्रमले निरन्तरता पाउने छन् । वाम सहकार्यको लम्बे यात्रा तय हुनेछ र त्यही लम्बे यात्राले वैचारिक र सांगठानिक रूपमा एक ठाउँमा आउने साझा मैदान निर्माण हुनेछ । र,वाम सरकार ठाल्न हाल भइरहेको अन्तर्राष्ट्रिय चलखेल बन्द हुनेछ ।

संसदमा एमाले एक नम्बर पार्टी

एमाले सिंगो हुनेवित्तिकै एमालेसँग हाल नेपाली कांग्रेससँग भएको भन्दा बढी सदस्य संघीय संसदमा हुनेछन् । अर्थात् नेकपा(एमाले) जनताको रोजाइमा मात्र होइन, संख्याको हिसाबले पनि संसदमा सबभन्दा ठूलो पार्टी हुनेछ । पार्टी एकताको राष्ट्रव्यापी तरङ्गले कम्युनिष्टविरोधी देशी विदेशी शक्तिमाथि दबाब सिर्जना हुनगइ नयाँ शक्ति सन्तुलन पैदा हुन्छ ।

राजनीतिक स्थिरता

ओली-माधव सहकार्य सहितको वर्तमान सत्ता गठबन्धनले पाँच वर्ष निरन्तरता पाउने ग्यारेन्टी गर्दछ । प्रधानमन्त्रीले पाँच वर्ष चलाउन पाउनु पर्ने अडानमा रहेको एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले पाँच वर्ष काम गर्न पाउनु पर्ने बताइरहँदा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफूले पाँच वर्ष काम गर्ने इच्छा गर्ने विषय कुनै अस्वभाविक इच्छा करार गर्न मिल्दैन । लामो वाम सहकार्यको सुनिश्चितता हुँदा यो विषयलाई सबैले स्वभाविक रूपमा लिन सक्छन् ।

समाजवादी यात्रा सहज

कम्युनिष्टहरूकै बलमा नेपालको संविधानलाई समाजवाद उन्मुख संविधान लेखिएको छ । सत्तामा कम्यिनिष्टहरूको निरन्तरता नरहेमा समाजवादतर्फको यात्रा अवरुध्द हुन्छ । विजातीय गठबन्धन बनाएर धेरै सीट जित्न सफल नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा कहिल्यै समाजवाद आउँदैन,बरु कम्युनिष्टहरूले २०५१ सालदेखि शुरू गरेका समाजवादी कार्यक्रमहरूको निरन्तरतामा अवरूध्द हुनेछन् । एमाले र माओवादी नेतृत्वमा विभिन्न समयमा शुरू भएका राम्रा कार्यक्रमप्रति नेपालको दलाल पूँजीवादी शक्ति सदैव आलोचक रहँदै आएको छ ।

एमाले सिंगो हुनेवित्तिकै एमालेसँग हाल नेपाली कांग्रेससँग भएको भन्दा बढी सदस्य संघीय संसदमा हुनेछन् । अर्थात् नेकपा(एमाले) जनताको रोजाइमा मात्र होइन, संख्याको हिसाबले पनि संसदमा सबभन्दा ठूलो पार्टी हुनेछ । पार्टी एकताको राष्ट्रव्यापी तरङ्गले कम्युनिष्टविरोधी देशी विदेशी शक्तिमाथि दबाब सिर्जना हुनगइ नयाँ शक्ति सन्तुलन पैदा हुन्छ ।

राज्यशत्तामा उनीहरूको बाहुल्य भएको दिन जनमुखी कार्यक्रमको घाँटी निमोठिने निश्चित छ । नेकपा(एमाले)ले आफ्नो नेतृत्वको प्रथम सरकारले शुरू गरेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई हटाउन उनीहरूले गरेको भगीरथ प्रयत्नलाई दृष्टान्तको रूपमा लिन सकिन्छ।

विगतका असमझदारी र तिक्तता बिर्सेर ओली-माधवबीच भएको हालैको वार्ता र सतहमा आएको त्यसका सकारात्मक सङ्केतले तृणमूल तहसम्म र खासगरी वाम मतदातामा अनौठो उत्साह पैदा भएको छ । ओली-प्रचण्डको मिलनबाट नयाँ गठबन्धन बनेको खुसियाली नसकिंदै ओली-माधवको निकटता, सहकार्य र एकताको वातावरण बन्दा राष्ट्रपति निर्वाचनमा विजयको सुनिश्चिततामात्र होइन, अरू धेरै सकारात्मक सम्भावनाको ढोका खुलेको छ । मिल्दा लपक्कै मिल्ने कम्युनिष्ट नेताको परम्परा कायम भएमा आउँदा केही दिनमा नेपालको राजनीतिले सुखद परिणाम दिनेछ ।

240835359_2640079956138395_9077207319723134198_n