बेलबारी,२० फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन बेलबारी नगर समितिको चौथो नगर परिषदले  बिभिन्न निर्णयहरु गर्दै भेला  सम्पन्न गरेको छ  । शुक्रवार बेलवारी ११ स्थित लक्ष्मीमाविको  बहुजातीय सांस्कृतिक संग्रालयको सभाहलमा भएको भेलामा  संगठनका नगर अध्यक्ष पूर्णप्रसाद कोइरालाले  प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो  । 

334754391_175437051899787_8056262772320645492_n (1)भेलामा सेवानिवृत्त शिक्षक तथा कर्मचारी लाई सम्मान पत्र साहित विदाई कार्यक्रम गरिएको संगठनका नगर सचिव  गणेशप्रसाद आचार्यले जानकारी  दिनुभयो ।  कार्यक्रममा शिक्षा सेवा आयोगबाट भर्खर नियुक्ति लई आउने तथा अन्य पालिका तथा जिल्ला सरुवा भई आउने शिक्षक हरुलाई बधाई साथै स्वागत गरिएको थियो । 

भेलामा संगठनका  कोन्द्रिय समिति सदस्य तथा कोसी प्रदेश इन्चार्ज र धर्मानन्द खरेलको प्रमुख आतिथ्यता र मोरङ जिल्ला कमिटीका उपाध्यक्ष बलराम पोखरेल शिक्षक महासंघ बेलबारी अध्यक्ष गोविन्द भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

330393631_734035928128467_5979779270744213343_n (1)त्यसैगरी संगठनका राष्ट्रिय प्रतिनिधि हरिप्रसाद सुवेदी,जिल्ला सदस्यहरु इन्द्रबहादुर थापा,प्रेम कार्की,धर्मकुमारी कालाखेती,पुर्व जिल्ला लेखा संयोजक दुर्गा गौतम, बेलबारीका पुर्व नगर अध्यक्ष खगेन्द्र लुइँटेल लगायतको आतिथ्यता रहेको थियो । 

संगठनका नगर अध्यक्ष पूर्णप्रसाद कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रम नगर सचिव गणेशप्रसाद आचार्य र ह- सचिव पम्फादेवी अधिकारीले संयुक्त रुपमा सञ्चालन गर्नु भएको थियो ।

334052469_1246762089565100_4337552087142789652_n334189385_1382865615899153_4101453437029043036_n334097351_228781539569537_2522243151250587408_n