पथरी,२५ फागुन । मोरङको पथरीशनिश्चरे स्थित रेडस्टार माध्यमिक विद्यालयले  २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम -२०७९ सुरु गरेको  छ।

बिहिवार देखि सुरु  उक्त कार्यक्रमको पथरीशनिश्चरेकी उपप्रमुख देविमाया काफ्लेले गमलामा पानी लगाएर उद्घाटन गर्नु भयो ।

 भएको  कार्यक्रममा आफ्ना नानीहरूको शिक्षा- दिक्षा सहित उज्ज्वल भविष्यको लागि  समयानुकूल माया, प्रेम , स्नेह बाढ्दै समुचित अभिभावकत्व प्रदान गर्न समेत अभिभावकहरूलाई उत्प्रेरित गर्दै मनोविमर्श प्रशिक्षक ईश्वर श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

जेष्ठ अभिभावक बासुदेव गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिएन तिम्सिनाले अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

333012864_683588136872779_3185000402120874470_nउक्त अवसरमा वडा नं १ का वडाध्यक्ष भीम कुमार राईले पथरीशनिश्चरे-नगर क्षेत्रमा अभिभावक ज्युहरूको लागि अति व्यवस्थित रूपमा प्रेरणादायी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको रेडस्टार मावि परिवारप्रति खुशी लागेको बताउनु भयो । सोहि अवसरमा वडा सदस्य चन्द्र कुमार राई तथा लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछना राईले समेत आफुलाई यस प्रकारको कार्यक्रम आयोजना गरिएकोमा प्रशंसा गर्नुभएको थियो ।

 कार्यक्रममा पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिप कुमार राई,सहायक प्रधानाध्यापक वसन्त मादेन, आई. एस.ए, अवार्ड संयोजक समेत रहनुभएका राजु तिम्सिना, किरात एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला,  वडा नं ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, वडा नं १० का कार्यवाहक वडाध्यक्ष मिना तामाङ ,  पथरी शनिश्चरे स्काउटका रोशन बुढाथोकी, क्रमशः वडा नं २ का वडा सदस्य तथा अभिभावक चन्द्र कुमार राई तथा अम्बिका लिम्बु, लगायतको उपस्थिति रहेको थियो।