संघर्षका लागि दुई वा दुईभन्दा बढी बराबर शक्तिहरू आवश्यक पर्दछ। सुकुनामा बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु (एमाले) सँग चुनावी संघर्ष गर्नका निम्ति चार संगठन बीच गठबंधन भएको थियो र उक्त प्रतिस्पर्धामा हाम्रो संगठनले प्रतक्ष्य तर्फ सचिव मा बाहेक अरु कुनै पदमा पनि जित सुनिश्चित हुने गरी विद्यार्थीहरुको मत प्राप्त गर्न सकेन।

यसको मतलब हामी निर्वाचनमा पराजित भयौं तर सम्पुर्ण रूपबाट हैन्। हामी सत्ताको पहिलो शक्ति नभए पनि सत्ता बाहिरकाे संघर्षको पहिलो शक्ति हौं। निर्वाचनमा हार जीत सामान्य कुरा हो। चार संगठनको घेराबन्दीकाे बीचमा पनि हाम्रो संगठन एक्लैले प्रतक्ष्य तर्फ सचिव र समानुपातिक तर्फ तीन सदस्य प्राप्त गरेको छ।

विद्यार्थी आन्दोलनको इतिहासमा त्यस्तो कुनै परिवर्तन वा विजय छैन कि जुन विद्यार्थीको वास्तविक एजेण्डा द्वारा स्थापित भएको भौतिक शक्ति बगेर भएको होस्। अनेरास्ववियु आफ्नो मातृ पार्टी नेकपा एमालेको नीतिलाई आधार मानेर संगठन निर्माण र संघर्षका कार्यक्रमहरुलाई अघि सार्छ। हामी केही समय अगाडि जो विद्यार्थीहरूको विचार मिल्छ, जो विद्यार्थीहरूको वर्गीय हित, सामान्य हित एउटै छ त्यस्ता विद्यार्थीहरुबीचको वस्तुगत र मनोगत पक्षमा रहेको एकतालाई उजागर गर्दै एउटा बलियो भौतिक शक्ति निर्माण गरी संगठन मजबुत बनाउने र त्यही संगठनात्मक बलमा परिवर्तन खोज्ने उदेश्यका साथ अघि बढेका थियौं तर त्यस बीचमा हामीमाथि केही अराजक समुहद्धारा भौतिक रूपमा आक्रमण भयो आक्रमणका प्रयासहरु भए जसले गर्दा  क्याम्पसमा रक्तपातको स्थिति सिर्जना हुने भयो तर हामीले विश्वविद्यालय शान्ति क्षेत्र हो र हुनुपर्छ, राजनैतिक संघर्षले विश्वविद्यालयकाे पठनपाठनमा कुनै असर गर्न हुँदैन् र राजनैतिक संघर्षले विकासमा गति प्रदान गर्नु पर्छ विकासको गतिमा अवरोध सिर्जना गर्ने हैन भन्ने मान्यतालाई अघि सार्यौं र हामी संगठन निर्माणको प्रक्रियाबाट पछि हट्यौं जसले गर्दा हाम्रो संगठन कमजोर रहयो र त्यही संगठनात्मक बलकाे कमीमा हाम्रो संगठनले अघि सारेको एजेण्डा विद्यार्थीहरुमाझ स्थापित हुन सकेन ।

तर अब हामी अगामि दिनहरुमा रणनितीक प्रश्नहरूमा सुधार गर्दै संगठन मजबुत बनाई हामीले अघि सारेको संघर्षलाई नै निर्णायक संघर्ष बनाउने उदेश्यका साथ अघि बढ्ने छौं । अनेरास्ववियु हिजोपनि विद्यार्थीहरुको माझमा थियो, आज पनि छ र भोलि पनि रहने छ।

लेखक दाहाल अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस का नेता हुन्।