पथरी,४ बैशाख । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित शालिग्राम भजन किर्तन मण्डली परिवारले माता सम्मान कार्यक्रम २०८० को आयोजना गरेको छ । 

आज वडा नं. १ को नर्वदेश्वर मन्दिरमा आयोजित सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ७० वर्ष माथिका ८० जना माताहरुलाई दाेसल्ला ओढाएर  सम्मान गरिएको थियो । 

यसैगरी कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, भुल्केजाल्वादेवीकी अध्यक्ष एवं निवर्तमान उप–प्रमुख यमुना बिष्ट बास्तोला, समाजसेवी रुपनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । साे,कार्यक्रमकाे अतिथिमा इलाका प्रहरी  कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारी, जेष्ठ नागरिक नगर अध्यक्ष नेत्र दाहाल,शान्ति किर्तन मण्डलीका उपाध्यक्ष   मञ्जु कार्की लगायतकाे उपस्थिति थियाे।

आयोजक शालिग्राम भजन किर्तन मण्डलीले यस किसिमको कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।कार्यक्रम शालिग्राम भजन किर्तन मण्डलीका अध्यक्ष प्रेमबहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  साे,किर्तन मण्डलीका सचिव बद्री निराैलाले सञ्चालन गरेका थिए।