पाल्पा–पाल्पाको तानसेनमा नेपाल पत्रकार महासंघले आयोजना गरेको देशभरका दलित समुदायका पत्रकारहरुको सम्मेलनले त्यस समुदायको एकताको मात्र नभई सबै जातजातिबीचको एकता र सद्भावको सन्देश पनि दिएको छ ।
देशभरबाट तानेसेनको उक्त सम्मेलनमा आएका दलित समुदायका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, पूर्व अध्यक्ष भगवान भण्डारी, नवजनचेतना पत्रिकाका प्रधान सम्पादक जगदीश भट्टराईलगायतले स्वागत थिए ।  सम्मेलन आइतबारसम्म चल्नेछ ।  

 सम्मेलनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको सहभागिता रहेको थियो । उनले पछाडि परेका दलित समुदायको अधिकार प्राप्तिमा दलित समुदायका पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिँदै सवै मिलेर लोकतन्त्र, जातीय र राष्ट्रिय एकताका पक्षमा लाग्नु पर्ने धारणा राखे ।
   
सो अवसरमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, राष्ट्रिय सुचना आयोगका आयुक्त कृष्णहरी सापकोटा, महासंघका केन्द्रिय सचिव रेम बिश्वकर्मा, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, पत्रकार संघका केन्द्रीय अध्यक्ष नारायण शर्मा, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय अध्यक्ष टण्ड गुरुङ्ग, प्रदेश ५ का सांसदत्रयः वीरबहादुर टण्डन , डाक्टर पुरनमान वज्रचार्य, दलबहादुर राना , पाल्पा जिल्ला समन्वयका प्रमुख दयाराज लम्साल, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही दलित पत्रकार संघ तदर्थ समितिका केन्द्रिय संयोजक विनोद पहाडी लगायतले मन्तब्य राखेका थिए । 

  पत्रकार महासंघकी केन्द्रीय सदस्य एवं दलित समितिकी संयोजक मधु शाहीको अध्यक्षतामा चलिरहेको कार्यक्रममा  पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालको  स्वागत मन्तब्य र महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीको सञ्चालन रहेको छ ।