विराटचोक,८ जेठ । माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माविमा स्थानिय पाठ्यपुस्तक सार्वजनिकीकरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । 

  नगर  शिक्षा युवा तथा खेलकुद शाखाकाे प्रकाशनमा तयार पारिएकाे `हामी र हाम्रो सुन्दरहरैँचा ´ पुस्तक सार्वजनिक भएको हाे । पुस्तककाे सार्वजनिक कार्यक्रम नगर प्रमुख केदारप्रसाद गुरागाइकाे प्रमुख अतिथिमा भएको  थिए । नगर प्रमुख गुरागाइले  नगरपालिकाकाे पहलमा शिक्षा शाखाद्वारा प्रकाशन भएको पुस्तक `हामी र हाम्रो सुन्दरहरैँचा ´ महत्त्वपूर्ण  भएकोले यसबाट सकारात्मक कुरा सिकेर व्यवहारमा लागु गरि अघि बढन जरूरी रहेको उल्लेख गरे । उनले पहिलाे प्रयास भएकोले पुस्तक भित्र केही कमि कमजोरी देखिएको हुँदा तेसलाइ सुधार गरेर अघि बढ्न जरूरी रहेको उल्लेख गरे । 

348284894_641567937360168_3424988916390536129_n  सुन्दरहरैंचा नपाले स्थानीय पाठ्यक्रम तथा `हामी र हाम्रो सुन्दरहरैँचा´ नामको पाठ्यपुस्तक लेखन तथा सम्पादक  गरे वापत पुस्तक विमोचन कार्यक्रममा विभिन्न व्याक्तित्वहरूलाइ सम्मानपत्रका साथमा विशेष सम्मान गरेको थियाे । सम्मानित हुनेहरूमा पुस्तकका सम्पादक साथै सहप्राध्यापक गणेशप्रसाद दाहाल ,  सम्पादक भाेजराज घिमिरे , यमबहादुर थापा , सूर्यबहादुर बस्नेत , डा. ईश्वरकुमार राई साथै  भाषा सम्पादकमा डा. दीपकप्रसाद न्याैपाने , अनुप भट्टराई तथा वासुदेव अधिकारी रहेका छन् । 

   सुन्दरहरैँचा नगरपालिकाले १ सय १६ पेजकाे  स्थानीय पाठ्यपुस्तक निर्माण गरेकाेले अब सबै विद्यालयहरूमा पढनपाठन सुरू  गर्ने भएको छ । 'हामी र हाम्रो सुन्दरहरैँचा' पाठ्यपुस्तकभित्र सुन्दरहरैँचा नगरको भूगोल, भाषा, कला, वेशभूषा, जातजाति आदि विषयवस्तु समेटिएको छ । यसको मूल उद्देश्य स्थानीयतासँग साक्षत्कार गराइ ज्ञान र व्यवहारिक सिपकाे माध्यमबाट स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको उल्लेख गरिएको छ । 

   पुस्तक विमाेचनमा स्थानीय समाजसेवी देवेन्द्रकुमार मास्के , सुकुना माविका प्रअ नारायणप्रसाद गाैतम लगायतले बाेलेका थिए। नगर प्रवक्ता राेशनप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रम नगर प्रमुखका सचिवालय कर्मचारी सिजन श्रेष्ठकाे सञ्चालनमा भएको थियाे ।बेतनाबाट 

348296201_766746231908627_8744372905843636025_n