विराटचोक,१८ जेठ । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले समाजिक क्षेत्रमा छुट्याएको बजेटलाई अगामी बजेटमा कटौती गर्दै ५० प्रतिशत रकम विद्यालयलाई छुट्याउने बताएका छन ।

 सुन्दरहरैंचा वडा ३ मा रहेको त्रिजुगा माध्यमिक विधालयले बिहिबार आयोजना गरेको पुरस्कार वितरण एवम शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सबोधन गर्दै नगरप्रमुख  गुरागाईंले यस्तो कुरा बताएका  हुन् । 

 १२ वटै वडामा झन्डै २ करोड समाजिक विकासका नाममा खर्चिएको भन्दै अगामी बजेटमा कटौती गर्दै सो क्षेत्रको ५० प्रतिशत बजेट शिक्षा क्षेत्रमा खर्चिने उनले उल्लेख गरे।

विभिन्न तालिमका नाममा  खाजा नास्ता, सहभागी भत्ता र प्रशिक्षक भत्तामा  फजुल खर्च हुँदै आएकोमा  त्यस्ता खर्च कटौती गरिने बताए। समाजिक विकासका नाममा विभिन्न तालिम लगायत कार्यक्रममा गरिने फजुल खर्चलाई कटौती गरिने बताए ।