बेलबारी,२४ असार । मोरङको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईमाथि दुरब्यबहार गर्नेमाथि कानुनी कारबाही गरिने भएको छ । बेलबारी ३ मालपोत लाईनमा पार्किङका बिषयमा गत शुक्रबार मध्यान्ह नगरप्रमुख र लेखापढी ब्यबसायीबिच भएको बिवादका क्रममा नगरप्रमुख राईमाथि दुरब्यबहार गर्नेमाथि कानुनी कारबाही गरिने भएको हो ।
आईतबार बेलबारी नगरपालिकामा भएको सर्बदलिय बैठकमा सहभागीहरुले नगरप्रमुख माथि भएको दुरब्यबहार प्रति दुःख ब्यत्त गर्दै दोषीलाई कानुनी कारबाही गर्न सुझाब दिएका छन । साथै बेलबारी नगरपालिकामा दर्ता नभएका लेखापढी सेन्टरहरुलाई दर्ता गर्ने समय दिएर दर्ता गराउने र पार्किङ ब्यबस्थित गराउने लगायतका निर्णय भएका छन ।
बेलबारीमा ६ दर्जन बढी लेखापढी सेन्टर रहेका छन । जसमा १२ वटा दर्ता भएकोमा २ वटाले नबिकरण गरेका छैनन । ति सबै सेन्टरहरुलाई समय दिएर करको दायरामा ल्याउने तयारी गरिएको नगरप्रमुख राईले जानकारी दिएका छन ।


