विराटचोक ,२५ असार  । नेपालकै नमुना मध्येको एक सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या उल्लेख्य छ । धेरै वटा विषयको पढाई हुने भएपछि यस विद्यालयमा विद्यार्थीको आकर्षण धेरै देखिएको हो ।  सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० मा रहेको सुकुना माध्यमिक विद्यालयले चालु  शैक्षिक  सत्र २०८० लाई लक्षित गरेर यो बर्ष पनि विद्यार्थीको भर्ना अभियान सुरु गरेको छ ।

यो पनि पढ्नुहोस - मोरङको सुकुना मावि हिजो र आज,समुदायमा यो सार्वजनिक विद्यालयको छुटै 'क्रेज' छ

1627881765436-1 (1)शिक्षालाई गुणस्तरसँग जोडेर लैजानु पर्छ भन्ने मान्यताका साथ अभियानहरू चलाई रहेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले जानकारी दिए ।  ‘नेपालकै नमुना विद्यालयको रूपमा चिनिएको सुकुना माध्यमिक विद्यालय रहेको छ, उनले भने, हामीले विद्यार्थीको चाहनाको आधारमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा विषयको पठन पाठन गरिरहेका छौँ ।’ 

358398876_680857694053650_1467093699542066351_nनेपाली र अङ्ग्रेजी  समूहमा पढाई हुँदै आएको यस विद्यालयमा  भर्ना हुनको लागि  निश्चित समय छुट्ट्याइने गरिएको सहायक प्रधानाध्यापक हिक्मत बस्नेतले  जानकारी दिए ।  ‘विद्यार्थीको चापलाई थेग्न गाह्रो हुने भएपछि विद्यालयले छोटो समयको लागि भर्ना हुनको लागि समय दिने गरेको छ, उनले भने, भर्ना हुनको लागि प्रवेश परीक्षा अनिवार्य गरिएको छ ।’

356927961_678512130954873_2885877327092002598_nइच्छुक विद्यार्थीहरूले प्रवेश आवेदन फारम भर्नु पर्ने विद्यालयले जनाएको छ। विज्ञान विषयको प्रवेश परीक्षा असार २८ गते र व्यवस्थापन तथा अन्य विषय समूहको प्रवेश परीक्षा असार ३० गतेलाई तोकिएको विद्यालयले जनाएको छ।  सुकुना माध्यमिक विद्यालय सरकारी भएर पनि निजी विद्यालयको भन्दा अब्बल पठन पाठन हुँदै आएको सहायक प्रअ  बस्नेतले बताए । 

355146704_678511954288224_2793327125091751376_nशैक्षिक सत्र २०७९ मा मात्र कक्षा ११ मा ७ सय २० जना विद्यार्थी भर्ना भएका थिए । कक्षा ११ र १२ मा अहिले एक हजार ४ सय बढी विद्यार्थी पठन पाठन गरिरहेको  विद्यालयले जनाएको छ।  नेपाल सरकारको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा सबैभन्दा बढी विद्यार्थी रहेका विद्यालयहरू मध्ये सुकुनालाई  चौथो नम्बरमा राखेको छ। यस विद्यालयमा  शैक्षिक सत्र २०७९ मा ४ हजार ६८८ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।  नेपालकै उत्कृष्ट चौथो मध्येको यस विद्यालयमा ७ वटा बसहरू मार्फत सुन्दर हरैँचा र आसपासबाट विद्यार्थीहरू अध्ययनको लागि आउने गरेको विद्यालयका प्रअ  गौतमले जानकारी दिए ।  आधुनिक प्रविधिबाट पठन पाठन गर्दै आएको विद्यालयले विद्यार्थीको सिकाई उपलब्धिलाई प्रभावकारी बनाउन शिक्षकहरूलाई ल्यापटप समेत उपलब्ध गराई सकेको छ।

358134027_678512097621543_2966295171912728447_n

358106925_678359970970089_7677218137945658304_n