इटहरी,२६  असार  । " जनता मावि इटहरीको इच्छा, सामजिक उतरदायीत्व सहितको प्रविधीमैत्री व्यवहारीक र जिवन उपयोगी शिक्षा " भन्ने उदघोषका पठन पाठन गराउदै आएको कोशी प्रदेशस्थित सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालयमा नयाँ भर्नाको लागि भिड हुन थालेको छ । एसईई परिक्षा नतिजा नतिजा प्रकाशन भए सँगै कक्षा ११ मा भर्ना हुन विद्यार्थीहरुको भीड लाग्न थालेको हो ।

बिज्ञान,शिक्षा, मानवीकी, व्यवस्थापन विषयका कक्षाहरु पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप भएपछि बिगत भन्दा यो वर्ष अझ भर्ना हुन् आउने विधार्थीको संख्यामा दोब्बर बृदी भएको विधालयले जनाएको छ ।    

दिनानुदिनको वढ्दो सुधार र पठन पाठन उत्कृष्ट वन्दै गए पछि विद्यार्थीकोआकर्षण बढेको प्रध्यानाध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो । भर्ना हुनको लागि स्थानीय मात्रै नभै छिमेकी जिल्ला र पाहाडी जिल्लाहरुबाट पनि भर्नाका लागि आउने विधार्थीको संख्या धेरै रहेको छ । भर्नाका लागि आवेदन दिने विधार्थीको संख्या बढ्दै कारण विद्यालयले भर्नाका लागि असार ३० गते अनिवार्य प्रवेश परीक्षाको व्यवस्था गरेको छ । प्रवेश परीक्षामा फेल भएका विद्यार्थीहरु मात्र अन्य नीजी बोर्डिङ स्कुलमा जाने गरेका छन् ।

कक्षा ११ र १२ मा गरेर हाल ८ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयलृे जनाएको छ । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ ।  एक हजार जना थप विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले वताउनु भयो । उहाँले भन्नु भयो, ‘‘भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन सकिरहेका थिएनौं, ‘यो पटकदेखि हामी प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा छौं ।’ विद्यालयमा विज्ञान विषय अध्ययन गर्नेका लागी ९ वटा कोठाको अत्याधुनीक सुविधा सम्पन्न ल्याबको निर्माण अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।

यसपालीको एसईई परीक्षामा सहभागि २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका छन् । 

सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा परिचित जनता माध्यमिक विद्यालयलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक बर्ष  २०७९/८० मा प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया सहयो गरेको थियो ।  गत वर्षको एसइइ परिक्षामा २८७ जना विद्यार्थीले शतप्रतिशत नतिजा नतिजा निकाल्न सफल भएका थिए  । पास हुने विद्यार्थीमध्ये ३७ जनाले ए प्लस र ८२ जनाले ए ग्रेड ल्याएका थिए । 

नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा मिति २०७९ मा कार्य सम्पादन परीक्षण भई इटहरी उपमहानगरपालिका  अन्तर्गतका सामुदायिक विद्यालयमध्ये व्यवस्थापकीय शैक्षिक सुधारमा  उत्कृष्ट कार्य गरी  हाम्रो विद्यालयले नतीजामा आधारित प्रोत्साहन अनुदानवापत आर्थिक वर्ष २०७९/०८० मा रु. पाँच लाख अनुदान प्राप्त गर्न सफल भएको छ ।