काठमाण्डौ,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।
उहाँ पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो । सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


