विराटचोक,२ साउन  । मोरङको सुन्दरहरैंचा ८ मा रहेको ब्राईट फ्युचर सेकेण्डरी स्कुल ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानीत भएको छ  । 

जुलाई १७ मलेसियामा भएको अवार्ड समारोहमा आयोजकले ब्राईट फ्युचर सेकेण्डरी स्कुललाई कोशी प्रदेशकै बेष्ट स्कुल अवार्डले सम्मान गरेको हो । उक्त  कार्यक्रमको प्रमुख अतिथि लिंकन विश्वविद्यालयकी  प्रो-चान्सलर प्रा. दातुक डा. हज्जा बीबी फ्लोरिना अब्दुल्लाले विद्यालयका प्रिन्सीपल टिकाराम ढकाललाई  प्राण पत्र तथा अवार्ड प्रदान गरेकी थिइन् ।   

My project-2 (2) 31अस्ट्रेलियामा केन्द्रीय कार्यालय रही विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन , सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा सम्मानीत भएको मलेसियामा रहेका प्रिन्सीपल ढकालले जानकारी दिए ।

शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सिकाउने केन्द्रको रूपमा उपयोग गर्दै विद्यार्थीको सर्वाङ्गिण विकास गराउने कार्यक्रम सञ्चालन गरेकाले उक्त अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । 

स्मरणीय छ,  ब्राईट फ्युचर स्कुलले विद्यार्थीलाई विविध कला, साहित्य , संस्कृति , खेलकुद , कृषि तथा सीपजन्य तालिम आदिमा सरिक गराउने गरेको छ। आयोजकले ब्राईट फ्युचर स्कुललाई अवार्ड लिन मे १४ मा पत्र पठाएको थियों ।