केराबारी,१२ साउन  ।  मोरङको केराबारी गाउँपालिकाको डाँगीस्थित जंगल क्षेत्रमा फेला परेको शवको पहिचान खुलेको छ। सुन्दरपुर डाँगी याङ्गशिला ओख्रे सडकको चारकोशे झाडी खण्डमा फेला परेको शव उर्लाबारीका जीवन दनुवारको रहेको खुलेको छ।

प्रहरीले दिएको जानकारी अनुसार अन्दाजी ३३बर्षीय मृतकको गोजिमा भएको मोवाईलको आधारमा उनको पहिचान भएको हो। केराबारी ६का वडा सदस्य गोपाल बस्नेतले दिएको जानकारी अनुसार लाटिझोडा साझेदारी बन र आहाले सामुदायिक बनको सिमाना अन्तरगत सुन्दरपुर डाँगी याङ्गशिला ओख्रे सडकबाट करिव १५० मिटर भित्र तारघेरा भित्र दनुवारको शव फेला परेको हो।

बृक्षरोपण गरिएको जंगलभित्र घोप्टो परेको अवस्थामा दनुवारको शव फेला परेको बस्नेतले जानकारी दिए । शव सडेको हुनाले तत्काल पहिचान हुन सकेको थिएन। शवलाई पोष्टमार्टमको लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।