इटहरी,१२ साउन । सुनसरीको इटहरीमा रहेको जनता माविले विद्यार्थीहरुलाई १ दिने अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा ११ मा नयाँ भर्नाभएका व्यवस्थापन विषयका विद्यार्थीहरुलाई शुक्रबार अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीहरुलाई थप अध्ययनका लागि विषय छनौटगरी योजना बनाउनका साथै पठनपाठन सीप र कला विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिनु भयो । विधालयले गत मंगलबार विज्ञान विषयका विद्यार्थीहरुलाई अभीमुखीकरण कार्यक्रम गरेको थियो भने अन्य विषयका विद्यार्थीहरुलाई पनि उक्त कार्यक्रम गरीने अध्यक्ष दंगालले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता भएको उक्त कार्यकममा सिद्धार्थ बैङ्क इटहरी शाखाका म्यानेजर नुतन गिरीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक पशुपति सिग्देल,शिक्षक प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
प्रदेश कै उत्कृष्ट विधालयको परिचय बनाउन सफल यो विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । यहाँ व्यवस्थापन, कम्प्युटर, शिक्षा र मानविकी र यो बर्षदेखि कानुन विषय सुरु भएको छ । सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा परिचित जनता माध्यमिक विद्यालयलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक बर्ष २०७९/८० मा प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया सहयो गरेको थियो । बिगतका सालहरु मा भएका एसइइ परिक्षामा पनि यो विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ ।
यो पनि पढ्नुहोस -जनता माविमा विज्ञान विषयका विद्यार्थीहरुलाई अभीमुखीकरण कार्यक्रम सम्पन्न



















