विराटचोक, १३ साउन । मोरङको सुन्दरहरैंचामा भएको चित्रकला प्रतियोगितामा सुन्दरहरैंचा १० मा रहेको हिमालय इङलिस स्कुल प्रथम भएको छ । नेसनल प्याब्सन सुन्दरहरैचा नगर समितीले शुक्रबार आयोजना गरेको नगरस्तरीय चित्रकला प्रतियोगितामा २०८० मा हिमालयबाट जेनिस बिष्ट प्रथम भएका हुन् ।
त्यसैगरी कालिदेवी बोर्डिंङ् स्कुलका छात्रा खुशी लिम्बू दोस्रो, सुन्दरवाटिका एकेडेमीका की छात्रा जस्मिता साह र सगरमाथा हिमाल दर्शन की छात्रा दिबिसा श्रेष्ठ सान्तवना भएकी छिन।
त्यसैगरी जुनियर तर्फको चित्रकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो । जुनियर तर्फ सुन्दरवाटिकाबाट कक्षा ५ की छात्र रोशन कायस्था प्रथम, रासनल एकेडेमीका कक्षा ५ का छात्रा वर्षा लम्साल दोस्रो, हिमालय इंगलिसका कक्षा ५ का छात्र अविशेक श्रेष्ठ तेस्रो र ठडिया विधा मन्दिरका कक्षा ४ का छात्रा शृष्टी चौधरी सान्त्वना भएकी छिन।
एन प्याब्सनका नगर अध्यक्ष महेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा सिनियर तर्फ ६ र जुनियर तर्फ १३ विद्यालय सहभागी भएका थिए । उक्त प्रतियोगितामा प्रशिक्षक गोपाल निरौलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उत्कृष्ट विधालय तथा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनाप्याबसन केन्द्रिय महासचिव पारसमणी दाहालले पुरस्कार बितरण गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथी एन प्याब्सनका केन्द्रीय सचिव राजनकुमार छाराहांङ,प्रदेश उपाध्यक्ष सुनिल अधिकारी,मोरङ जिल्ला सचिव नारायण ढकाल लागायतको उपस्तिथी रहेको थियो ।
उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै एनप्याबसनले वार्षिक क्यालेन्डर अनुसार काम गरिरहेको र विधालय र विधार्थीको शैक्षिक गुणस्तर सुधार्न एनप्याब्सनले रचनात्मक भूमिका निर्वाह खेलिरहेको प्रदेश सहसचिव कमल खनालले बताए। उक्त हिमालय इङलिस स्कुलले विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।



















