बैतडी,२४ साउन । महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ। जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। 

पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर चन्दले महिनावारी हुँदा गोठमा बसेका बेला सर्पले टोक्दा अनिताको मृत्यु भएको जानकारी दिए। ‘सर्पको टोकाईबाट १६ वर्षीया बहिनीको मृत्यु भएको छ।

उनको गाउँ गाउँपालिकाको केन्द्रबाट २०० मिटर टाढा छ। राति (मंगलबार राति) सर्पले टोकेको रहेछ। परिवारका सदस्य बैद्यलाई बोलउन लागेछन्। उनको मृत्यु भयो।’स्वास्थ्य खबरबाट