काठमाडौं, २६ साउन । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद अवरोधमा सत्ता पक्ष नै अघि सर्नु खेदजनक भएको टिप्पणी गर्नुभएकाे छ । 

शुक्रबार प्रतिनिधसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले  प्रतिपक्षी सांसद बोल्दा सत्ता पक्षकाले होहल्ला गरेर बोल्न नदिएकोमा आपत्ति जनाउँदै संसद चल्न नदिन सत्ता पक्ष अघि सर्नु खेद जनक कुरा रहेको बताएका हु्न् । 

‘आज प्रतिपक्षको सांसद बोल्दा सत्ता पक्षकाले होहल्ला गरेर बोल्न दिएनन् । संसद चल्न नदिने कुरामा अघि पनि र आज पनि सत्ता पक्ष नै अघि सरेको छ' उहाँले भन्नुभयाे- 'यो भन्दा अगाडीको संसदहरुमा यस्तो देखेको थिएन यो अत्यन्तै दुःख लाग्दो र खेदजनक छ ।’ सनराइज खबर बाट