विराटचोक,३० साउन । मोरंङको सुन्दरहरैचा नगरपालिका भुगोल भित्र रहेका घरनक्सा व्यवसायी(इन्जिनियरिङ कन्सलटे्सी) हरुले नगरको ध्यानाकर्षण गराएका छन् ।

सुन्दरहरैचामा सामूहिक रूपमा घर नक्सा संग जोडिएको कर अधिकतम भएको र उक्त करलाइ समायोजन संगै न्यूनतम गरी पहिलेकै अवस्थामा ल्याउनु पर्ने माग सहित उनीहरुले सोमबार नगरपालिकाका नगर प्रमुख केदार प्र.  गुरागाईँ र प्रमुख प्रशासीय अधिकृत अम्बिका प्र. चौलागाई समक्ष ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल इन्जिनियर एशोसियसन कोशी प्रदेश उपाध्यक्ष ई.शुरेश कुमार श्रेष्ठ तथा प्रदेश सह-सचिव ई.सरोज भट्टराई सहितको नेतृत्वमा डेलीगेशन गएका व्यवसायीहरु सँग नगरपालिकाका नगर प्रमुख केदार प्रसाद  गुरागाईँले  उक्त विषयमा ध्यानाकर्षण भएको कुरा व्याक्त गरे । 

नगर प्रमुख  गुरागाईँले आगामी नगरसभाबाट यसलाई घटाई आ.व.२०८०/८१ को  कर आगामी असार मसान्तभित्र तिर्न पाउने र मंगलबारबाटै EBPS खुल्ला गरी घरनक्साको कार्य सुचारु हुने प्रतिबद्धता समेत व्यक्त गरे।