बेलबारी,४ भदौ । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बेलबारी सेवा कार्यालयको साधरणसभा सम्पन्न भएको छ । आईताबार बेलबारी वडा नं.१ स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा साधरणसभा सम्पन्न भएको हो ।
झापामा केन्द्रीय कार्यालय रहेको मेची सहकारीले पुर्वमा १२ ओटा शाखा विस्तारगरी सेवा गरिरहेको छ । करिब १५ हजार भन्दा बढी शेयर सदस्यहरु रहेको यस सहकारीको बेलबारी शाखामा स्थापना गरेको छोटो समयमा नै बेलबारी शाखामा चारसय भन्दा बढी शेयर सदस्यहरु आबद्द रहेका छन ।
बेलबारी शाखाले शेयर पुजिमा यस वर्ष १३६.९३% ले बृद्दी गरेको जनाएको छ । अघिल्लो वर्ष २०७८/०७९ मा दश लाख त्रिपन्न हजार आठ सय शेयर पुजी रहेको बेलबारी शाखामा यस वर्ष २०७९/०८० चौबिस लाख छियानब्बे हजार आठ सय रहेको छ । त्यस्तै बेलबारी सेवा कार्यालयबाट सामाजिक क्षेत्र तर्फ २२ जना शेयर सदस्यहरुले सेवा सुविधा लिएका छन । क्यान्सर अपरेसन सुविधामा एक जना, प्राकृतिक प्रकोप राहत सुविधामा एक जना, शल्यकृया सुविधामा आठ जना, काजक्रिया खर्चमा आठ जना, छोराछोरी बचत खातामा चार जनाले सेवा सुविधा प्राप्त गरेको बेलबारी शाखा सेवा केन्द्रका संयोजक सन्तोष वान्तवाले बताए ।
संयोजक वान्तवाले चालु आर्थिक वर्ष २०८०/०८१ मा सस्थाको शेयर पुजी ३२ लाख पुर्याउने लक्ष्य रहेको बताएका छन । उनले शेयर सदस्य संख्या ६३४, बचत निक्षेप तीन करोड पचास लाख र कर्जा लगानी चार करोड नब्बे लाख पुर्याउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणप्रसाद भट्टराईले मेची बहुउद्देश्यीयको सेवा सुविधाको बारे जानकारी प्रदान गर्दै कुनै पनि सहकारी संस्थाले विद्यमान अवस्थामा देखिको विकृति जस्तो शेयर सदस्य तथा बचतकर्ताको पैसा अपचलन गर्न सञ्चालकसँग कुनै अधिकार नभएको बताउँदै मेची बहुउद्देश्यीयको आफ्नो सदस्यलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्नलाई छुट नभएको बताए ।




















