बर्दिया — बाघको जुँगा उखेल्नेलाई बहादुर, हिम्मतवालालगायतका उपनाम दिने गरिएको छ । यहाँ भने मरेको बाघको जुँगा उखेल्नेले जरिवाना तिर्नुपरेको छ । जिल्ला अदालतका मुख्य

न्यायाधीश किरणकुमार पोखरेलको इजलासले मरेको बाघको जुंगा उखलेर घर लुकाएको आरोपमा पक्राउ परेका गेरुवा–४, शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई मंगलबार ५ लाख

जरिवाना तिराएको हो । बाघको जुँगा घरमा राख्नु गैरकानुनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो ।बाघ मारेको प्रमाण फेला नपरेपछि जुंगा उखलेको अभियोगमा जरिवाना तिराई

अदालतले छाडेको छ । वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई ५ देखि १५ लाख जरिवाना हुने कानुनी प्रावधान छ । पुस २८ मा जुँगा उखेलेर घरमा लुकाई राखेको भन्दै

बर्दिया निकुन्जले पक्राउ गरी वन्यजन्तु ऐन अन्तर्गत उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।