• भगवती अर्याल 

विराटचोक,२३ भदौ । आमकास नेपाल मोरङको चौथो बार्षिक साधारण सभा तथा तीज मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । शनिबार सुन्दरहरैँचा ८ स्थित शिक्षा निकेतन माविको सभाहलमा भब्यताका साथ कार्यक्रम सम्पन्न भएको हो।

कार्य्रक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  आमकास नेपाल बिदेशमा दुख गरेर आआफ्नो श्रमले आर्थिक उपार्जन गरेर जीवन अगाडी बडाई रहेको  समुह भएको चर्चा  गरिएको सस्थाकी अध्यक्ष उमा देवी सेडाईले बताइन । 

प्रस्तुत गरिएको बार्षिक प्रतिवेदनमा सस्थाले गरेको सामाजिक क्षेत्रमा ठुला उदारणीय कामहरु गरेको भन्दै कार्यक्रमका अतिथिरुले सस्थाको प्रसंशा गरेका थिए । यो समुह संख्यात्मक हिसावले सानो समुह भएपनि सस्थाले धेरै शान्त र भद्र समुह भएको, कुनै तडक भडक नगरी पदको लोभ र प्रतष्ठाको दौडको पछि नलाग्ने र आफ्नो मुद्धामा शान्त भएर काम गर्दै अगि बडि रहेको र धेरै ओटा उपलब्धी पनि हसिल गरि सकेको कुरा टिप्पणी गरिएको थियो। यसै सस्था मार्फत सुन्दरहरैँचा नगरपालिकाका ८ जना महिलाहरुले आर्थिक अनुदान पाएर व्यवसायि  भएका र वैदेशिक रोजगारमा समस्यामा परेका महिलाहरुलाई  पुन एकीकरण सामाजीक समस्यामा परेका महिला श्रमिकहरुको परिवार संग पुनर्मिलन गर्ने तथा आर्थिक ठगीमा पर्न लागेका व्यक्तिहरुलाइ सुचना तथा परामर्श प्रदान गरि संभावित ठगी बाट बचाउने काम गरि रहेको भन्दै कार्यक्रमका अतिथिरुले संस्थालाई धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा साभागीहरुलाई  दर खुवाउने कार्यक्रम गरिएको थियो भने नाच गान गरि खुसी साथ तिज मनाईएको सस्थाकी अध्यक्ष उमा देवी सेडाईले बताइन । कार्यक्रमको तालिका अनुसार आमकास नेपालका आजीवन सदस्यहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।  प्रमुख तथा अन्य अतिथीहरुलाई  सहसचिव मिना बजगाई,भागिरथा चुडाल र राधिका खतिवडाले  मायाको चिनो पनि प्रदान गरेका थिए  । 

सस्थाकी अध्यक्ष उमा देवी सेडाईको अध्यक्षता सम्मन्न भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य रुकमणी (रुजा) घमिरेको प्रमुख आतिथ्यता र  वडा न.८ की महिला सदस्य कुमा देवी दाहाल,आमकास नेपालकी सल्लाहकार सुशीला लुईटेल लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो । 

कार्यक्रममा सस्थाका सदस्यद्वय रिता चौधरी र  हिमा निरौलाले अतिथी सत्कारको भुमिका निर्हवाह गरेका थिए । संस्थाकी उपाध्यक्ष  राधिका खतिवडाले स्वागत मन्तब्य गरेकी थिइन भने सचिव ईन्दिरा प्रसाईले कार्यक्रम संचालन गरेकी थिइन ।