विराटचोक,२५ भदौ । मोरङको सुन्दरहरैँचामा सोमबारदेखि तेस्रो मिनि महोत्सव  सुरु भएको छ । खोर्साने युवा क्लवको आयोजनामा सुन्दरहरैंचा १२ स्थित स्थानीय किस्ती खोलाको किनारमा राजमार्ग दक्षिणको खाली ठाउँमा मीनी महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले गरेका छन् । 

महोत्सवमा साँस्कृतिक एवम् मनाेरञ्नात्मक कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर नगर भित्रका उत्कृष्ट पर्यटन स्थलकाे  प्रवद्वन गरि कला, संस्कृति र मनाेरञ्जनका माध्यमबाट आम मानिसलाई एकताकाे शुत्रमा बाँध्ने मुख्य उदेश्य रहेको आयाेजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूले बताए । 

Untitled (5) 29खासगरि महोत्सवबाट आम्दानी भएको रकमलाई खेल क्षेत्रको विकासमा लगानी गर्ने तथा क्लवको भवन निर्माण गर्न खर्च गरिने मेलाका व्यवस्थापक आनन्द बस्नेतले जानकारी दिए। 

महोत्सवमा आज सोमबार सञ्जिव धिमालको प्रस्तुती रहेको थियो भने भोलि मंगलबार चर्चित गायीका आस्था राउतको प्रस्तुती रहने आयोजक क्लवका सचिव मिलन तामाङलेले जानकारी दिए ।

असोज १३ गतेसम्म १९ दिन सञ्चालन हुने महोत्सवमा स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूले समेत आफ्नो प्रस्तुति राख्ने र कलाकार मेलिना राई , प्रमाेद खरेल,रचना रिमाल,ज्याेती मगर, प्रिती आले,अशाेक दर्जी तथा विल्सन बिक्रम राई ( तक्मे बुढाे) लगायतकाे प्रस्तुति रहनेछ भने रोटेपिङ लगायतका खेल मनोरञ्जन पनि राखिएको छ। 

महोत्सवको मुख्य प्रयोजक सरु काष्ठ फर्निचर उद्योग सुन्दरहरैंचा ११ बेलेपुर रहेको छ भने प्रायोजक गोर्खा ब्रुअरी रहेको छ ।