सुनसरी,२६ भदौ । सुनसरीको धरान १५ सुर्यवस्तीमा विष्णु बेघामाथि खुकुरी प्रहार भएको छ । विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेका हुन् ।

खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ । धरान १५ मा रहेको बेघाको घरमै प्रवेश गरेर युवाहरुको समूहले खुकुरी प्रहार गरेका थिए । 

सूर्य बस्तीका एक हुल केटाहरूले कट्टी लिएर बेघालाई खेदाएको स्थानीयले जानकारी दिएका छन् । खुकुरी प्रहारबाट घाइते भएका विष्णु धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका भाइ हुन् । 

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए ।