पथरी,२९ भदौ । मोरङको पथरीशनिश्चरेमा ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा नगरस्तरीय अन्तरविद्यालय सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रेडस्टार माध्यमिक विद्यालय प्रथम भएको छ ।
त्यसैगरी एभरेष्ट अंग्रेजी आवासीय माध्यमिकले दोस्रो स्थान हासिल गरेको थियो भने वाल्मीकि मेमोरियल आवसीय माविले तेस्रो स्थान हासिल गरेको थियो। पुरस्कृत हुने सबै विद्यालयलाई उप प्रमुख देवीमाया काफ्लेले क्रमशः ९ हजार, ६ हजार तथा ३ हजार रुपैयाँ नगद, प्रमाण पत्र, ट्रफी सहित पुरस्कृत गर्नु भएको थियो।
नगर बाल संञ्जालका अध्यक्ष मुरारी प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुखको देवीमाया काफ्लेले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।
सोहि कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले गत शैक्षिक सत्र २०७९ का लागि नगरका संस्थागत तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याई नगरपालिका मातहतमा संचालित कक्षा -५ , ८ तथा १० एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सोहि अवसरमा नगरप्रमुख, उपप्रमुख तथा जनप्रतिनिधीहरुले फूल, अबिर ,नगद सहित ति छात्र छात्राहरुलाई पुरस्कृत गर्नु भएको थियो ।
सोहि क्रममा नेपालका तीन नाष्ट नामक वैज्ञानिकहरूको साझा संस्थाबाट छनौटमा पर्न सफल पथरीशनिश्चरे ०३ निवासी त्रिसव तिम्सिनालाई नगरकार्य पालिकाको बैठकले पारित गरेको ५० हजार रुपैयाँ नगद प्रदान गरि सम्मान गरिएको थियो।
त्यस्तै, संस्थागत विद्यालयबाट एस ईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्ने प्याराडाईज ईंङ्लिस बोर्डिङ स्कुलका ३.९५ जिपीए प्याराडाईज अंग्रेजी आवासीय माध्यमिक विद्यालयका निष्फल काफ्ले र संस्थागत विद्यालयहरुबाट उत्कृष्ट नतिजा हासिल गर्ने पञ्चायत माविमा ३.८ जिपीए प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो। सोहि क्रममा विभिन्न तहगत नतिजामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्र छात्राहरुलाई पुरस्कृत गरिएको थियो।
बडा अध्यक्ष नैना साम्पाङ राई, जीवन खतिवडा, वडा अध्यक्ष उद्धव बस्नेत, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, सीता भुसाल, विभिन्न विद्यालयहरुका शिक्षाक तथा विद्यार्थीको उल्लेख्यनीय उपस्थिति रहेको थियो।



















