लेटाङ ,असार १९ / लेटाङ नगरपालिका वडा न ७ मा वारंगी मोटरवाटोको  मंगलबार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गरेका छ्न  ।

एक नं. प्रदेश सरकारको १ करोड ३० लाखको लागतमा आर्थिक वर्ष २०७५।०७६ मा लेटाङ वारंगी मोटरवाटो सुधारको काम भएको थियो । साविक वारंगी गाविस हाल लेटाङ नगरपालिकाको एउटा वार्ड वनेको छ ।

नगरपालिकाको सो वार्ड मोरङकै पहाडी विकट क्षेत्रमा पर्छ । यस्तो अवस्थामा दोहोरो मोटर गूड्ने सडक वनेपछि स्थानियवासीले ठुलो राहतको महसुस गरेका छन् । एउटा गाडी समेत पास हुनका लागि कठिन भईरहेको अवस्थामा वाटोको स्तरउन्नती गर्दै चौडाई २० फुट वनाएपछि सवारी आवतमा सहज हुने लेटाङ नगरपालिकाका सवईन्जिनियर अषेश श्रेष्ठले वताए ।

नगरप्रमुख राईले उक्त धुले सडकको सार्वजनिक सुनुवाई कार्यक्रम संग संगै उक्त सडकको समुद्घाटन गरे । उनले सडक उद्घाटन गर्दै वारंगीवासीले अव सहज रुपमा आवातजावत गर्न पाउने वताए । सडकको सहज पहुँच वाट जनताका दैनिक काम काजमा समेत बढोत्तरी हुने बताए।

नगरपालिकाको योजनामुताविक प्रदेश सरकारले सडक सुधारका लागि वजेट विनियोज गरेकोमा प्रदेश सरकारलाई धन्यवाद समेत दिनुभयो । वारंगी , भोगटेनी , ज्यामिरे , लालझोडा लगायतका लेटाङका उत्तरी क्षेत्रहरु दुर्गम क्षेत्रभित्र पर्ने गरेकाले सरकारले विशेष विकासका कार्ययोजना ल्याउन माग गरे ।

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसाकीय अधिकृत ध्यानकुमार थापा , वडा नं. ७ का वडा अध्यक्ष नगेन्द्र लिम्बु , नगरपालिकाका लेखा अधिकृत शुशिल वास्तोला , ईन्जिनियर भानुभक्त राई लगायतले सडक सञ्चालको सहज पहुचले जनताको दैनिकी सहज हुने वताए ।