पथरी,३० असोज । सोमबार मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बजारमा विश्व प्रचलित नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड नयाँ शोरुम खुलेको छ । पिएमसी अट्टो ट्रेड्स प्रालिले सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । 

380250064_1007678837197084_8204399119637440371_nपथरीशनिश्चरे र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ शोरुम खोलिएको हो । उक्त  नयाँ शोरुमको  उदघाटन प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले गरेका थिए । 

MAW ग्रुप अफ कम्पनिजका सिईओ राजु क्षेत्रीले नेपालमा सबैभन्दा विश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा ब्राण्ड सदैव आम ग्राहकहरूको माग र आस्था पुर्तिका खातिर सजग र तत्पर रहदै आएको जनाएका थिए ।

उनले देशभरका ग्ग्रहकलाई गुणस्तरिय सेवा प्रदान गर्ने चुनीतिलाई आत्मसाथ गर्दै विश्वस्तरिय संरचना मार्फत गुणस्तरिय सेवा प्रवाहमा १०९ स्थान बाट अनवरत लागिपरेका छौं' -उनले भने  । उक्त अवसरमा यामाहा आफ्ना ग्राहकवर्ग र शुभचिन्तकहरूप्रति सदैव निष्ठावान् र प्रतिबध्द रहेको जानकारी दिईएको थियो।
No description available.सिईओ क्षेत्रीले देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौंदेखि सेवा प्रदान गर्दै आएको यामाहाले आफ्नो नयाँ शोरूम  पिएमसी अटो ट्रेडर्स प्रालि पथरी बजारमा खोल्न सफल भएको बताए । 

पिएमसी अट्टो ट्रेड्स प्रालिका प्रोप्राइटर मान बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं १ का वडाध्यक्ष भीम कुमार राई लगायतका विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। सो प्रालिका प्रोप्राइटर श्रेष्ठले पूर्व-पश्चिम राजमार्गको उत्तरी मोरङ खण्डमा अवस्थित सो शोरुमले सकेसम्म धेरै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन हुने विश्वास दिलाए ।