विराटचोक, १९ कात्तिक  । मोरङको सुन्दरहरैँचा नगरपालिका र  लुमन्ति सस्थाको  संयुक्त आयोजनामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यबिधि र प्रारम्भिक रणनीति योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। MISEREOR/KEZ को सहयोगमा धनकुटाको नाम्जेमा बिपत प्रतिकार्य योजना तथा कार्यबिधि निर्माण गर्न प्रदेश सरकारको बिज्ञ टोली सहित २ दिने गोष्ठी सम्पन्न भएको हो।

सुन्दरहरैँचा नगरपालिकाकी नगरउपप्रमुख अकली चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिपत ब्यबस्थापन,बिपत जन्य प्रतिकारात्मक योजना, जलवायु परिवर्तन,दीर्घकालीन योजनाको बिषयमा गोष्ठी संचालन गरिएको उपप्रमुख सचिवालयकी कर्मचारी भगवती पराजुलीले जानकारी दिइन ।

Untitled-4 4कात्तिक १७ देखि १८ गते सम्म चलेको कार्यक्रममा सहजकर्ताको रुपमा प्रदेश सरकारका विपद व्यवस्थापन कार्यकारीणी सदस्य राम कुमार दहालले सहजीकरण गरेका थिए ।

लुमन्तिका फिल्ड संयोजक लक्ष्मी राईले सुन्दरहरैंचामा बिगत ३ वर्षदेखि बिपत व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको भन्दै रणनीतिक र दीर्घकालीन रुपमा स्थानिय तहमा कसरी अघि बढ्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको बताईन ।

कार्यक्रममा सहजकर्ताको रुपमा प्रदेश सरकारका विपद व्यवस्थापन कार्यकारीणी सदस्य राम कुमार दहालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नगरपालिका प्रवक्ता रोशन प्रसाद ढकाल,कर्मचारीहरु लगायत १२ ओटै वडाका वडाध्यक्षहरु लागायतको सहभागिता रहेको थियो ।

Untitled-4 (1) 3