पथरी,२० कात्तिक  ।  मोरङको पथरी शनिश्चरे वडा नंम्बर ५ का अति विपन्न १५ वर्षीय दीपक ऋषिदेबको उपचारका लागि नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल बनेपा लगिएको छ । 

१ वर्षदेखि राखिएको स्टिल फुकाल्न र सुनिएको खुट्टाको थप उपचारका लागि रिसिदेवलाई बनेपा लगिएको हो । पथरीशनिश्चरे नगरपालिकाले बनेपासम्म पु¥याउन एम्बुलेन्स सेवा उपलब्ध गराउनुका साथै खानाका लागि नगद  ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । 

आइतबार सहयोगको लागि निवेदन प्राप्त भएपछि तुरुन्त नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडाध्यक्ष भीम राई लगायतका जनप्रतिनिधि बैठक बसी उनलाई सहयोग प्रदान गरिएको हो । 

ऋािषदेवलाई नगरपालिकाकै सहयोगमा उपचारका लागि आइतबार धरानको घोपा पु¥याएर ल्याइएको थियो । त्यसपश्चात् नगरपालिकामा सरोकारवालहरुसँग पुनः छलफल पश्चात् बनेपा लाने निर्णय भएको हो ।