काठमाडौं,४ मंसिर । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारबाट सुनुवाइ प्रारम्भ हुँदैछ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।
कात्तिक २७ गते बसेकाे मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियाे। टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेकाे हाे।
छोटो समयमा निकै चर्चामा आएको यस समाजिक सञ्जाललाई भारतलगायत अन्य देशले यसअघि नै प्रतिवन्ध लगाइसकेका छन्।टिकटकमा प्रतिवन्ध लगाएकाे भन्दै सरकारकाे चाैतर्फी विराेध भइरहेकाे छ।टिकटक प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्।




















