समाचार : मरेको मान्छेको शवमा नाक र कानमा कपास लगाएको हामिले देख्ने गरेका छौ,तर यो कुरा नौलो भने होइन । यो अनौठो ज्ञान श्रृंखला अन्तर्गत यसको पछाडि कारण के हुन सक्छ?  हामी केहि जानकारी गराउदै छौ । 

हामिले देखेका छौ  कि जब  मानिसको मृत्यु हुन्छ, उसको नाक र कानमा कपास हालिन्छ। यस्तो कुरा प्राय अस्पतालबाट शव  निकाल्दा देख्नु भएकै होला । के यो धार्मिक कारणले गरिन्छ, वा यसको पछाडि कुनै विज्ञान छ? 

 ‘मृत व्यक्तिको नाक र कानमा कपास हाल्नुको कारण यो हो कि मृत्युपछि पनि नाकबाट पेटमा हावा जान्छ । मृत शरीरलाई हिँड्दा वा उठाउँदा पेटमा हावा पुग्छ । जसका कारण पेट फुल्ने गर्छ । फलस्वरूप लाश विकृत र भारी हुन्छ। कहिलेकाहीँ पेट फुट्ने डर पनि हुन्छ ।

यसै विषयमा विज्ञानले  यसको पछाडिको विज्ञान अर्कै छ। वैज्ञानिक मान्यता अनुसार मृत शरीरमा कुनै कीटाणु प्रवेश गर्न नपरोस् भन्नका लागि कपासले नाक र कान बन्द गरिन्छ । यसबाहेक मृत शरीरको नाकबाट तरल पदार्थ निस्कन्छ, त्यसलाई रोक्न कपासको प्रयोग गरिन्छ । मृतकलाई कुनै रोग लागेमा मृत्युपछि पेटबाट हावा पनि निस्कन्छ, जसका कारण निस्कने ब्याक्टेरियाले त्यहाँका असहज मानिसलाई समेत रोग लाग्न सक्छ । त्यसैले यो संक्रमण नफैलियोस् भनेर नाकमा कपास हालिन्छ ।

त्यस्तै यसको पछाडि धार्मिक कारण पनि छ । गरुड पुराणका अनुसार शवको खुला भागमा सुनका टुक्रा राख्ने व्यवस्था छ । यसलाई शरीरको ९ भागमा राखिन्छ । सुनका टुक्राहरू खस्ने डर भएकाले कपास लगाएर ती भाग बन्द गरिन्छ । ताकि शवलाई श्मशानमा लगिँदा यी सुनका टुक्राहरू खस्न नपरोस्। यी सुनका टुक्रा धेरै पवित्र हुने भएकाले शवमा राख्दा आत्मालाई शान्ति मिल्ने जनविश्वास छ । एजेन्सी