पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मौवा बजारमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुम्बेवा २ स्थित सुरेन्द्र खत्रीका ५ वर्षीय छोरा रिदम खत्री रहेका छन्।

वालुवा लिएर आएको मे १ त ५४६० नम्बरको ट्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको तुम्वेवा ३ का वडाअध्यक्ष कमल थापाले जानकारी दिए।

ट्याकटर चालक मदन कार्कीलाई इलाका प्रहरी कार्यालय मौवाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।