विराटचोक,२२ मंसिर । मोरङको सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम हुने भएको छ। क्याम्पसस्थित पुर्वविद्यार्थी समाजले यहि मंसिर २६ गते रक्तदान कार्यक्रमगर्ने भएको हो । 

क्याम्पस परिसरमा बिहान ७ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो । उक्त कार्यक्रमबाट  रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा रक्त अभावलाई केहि हदसम्म न्यूनीकरण गर्ने उदेश्यका साथ्  आयोजना गरिएको अध्यक्ष सुवेदीले बताउनु भयो । 

रक्तदान गर्दा कसैको जीबन बचाउने सकिने भएकोले पनि आफ्नो अमुल्य  रगतदान गरी मानविय सहयोग गर्न सम्पूर्ण विद्यार्थी,पुर्वविद्यार्थी,क्याम्पस प्रशासन लगायत सम्पूर्ण महानुभावहरुमा अध्यक्ष सुवेदीले अनुरोध गर्नुभएको छ । 

सुकुना क्याम्पसमा पढ्ने विद्यार्थी र क्याम्पसको स्तर उन्नती गर्ने उदेश्यका कास गर्नको लागि समाजको पुनर्गठन गरिएको अध्यक्ष सुवदीले बताउनुभयो।

गत मंसिर १५ गते गठन गरिएको पुर्व विधार्थी समाजको पहिलो कार्यक्रम रहेको छ। 

alt