विराटचोक,२४ मंसिर । मोरङको पथरीशनिश्चरेस्थित रेडस्टार माविले जुनियर तथा सिनियर तर्फको मोरङ जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा क्रमशः प्रथम र द्धित्तिय स्थान हासिल गरेको छ । 

शनिबार प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले उक्त उपाधि उचालेको हो ।

विराटनगरस्थित आरोहण गुरुकुलमा भएको प्रतियोगिताको फाइनलमा जुनियरतर्फ रेडस्टारले २० विद्यालयलाई पछि पार्दै उपाधि हात पारेको हो भने सिनियरतर्फको सत्रवटा विद्यालयलाई पराजित गर्दै  द्वितीय  स्थान हासिल गरेको छ । जुनियर तर्फको द्घितीय सुन्दरहरैचाको स्कलर्सहोम स्कुल, तृतीय पथरीको एभरेष्ट स्कुल र सान्तवना बुढीगंगा गाउँपालिकाको मोरङ पब्लिक स्कुल भयो । यसैगरी, सिनियरतर्फको प्रथम सुन्दरहरैचाको सुबिजिमुर स्कुल, तृतीय बेलबारीको बालजगत स्कुल र सान्तवना सुन्दरहरैचाको बालप्रतिभा स्कुल भएको छ ।

No description available.प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्घितियले १० हजार,तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सिनियर तर्फका विजेता र उप विजेता टिमले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी ३८ वटा विद्यालयहरु मोरङका विभिन्न पालिकाबाट ४/१ को अनुपातमा छनौट भइ फाइनलमा पुगेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्याब्सनले विदयार्थीहरुमा भएको प्रतिभा उजागर गर्दै संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । सोहि अवसरमा प्याब्सन मोरङले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिता गर्दै आएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए। 

No description available.प्रतियोगिताको फाइनलमा जुनियरतर्फ रेडस्टार पथरी, पूर्वाञ्चल पब्लिक, एभरेष्ट स्कुल, दिव्यज्योति, हिमालय बालसंसार, एभरेष्ट पथरी, मिनिल्याण्ड, आर्दश, बालप्रतिभा, जिवन विकास, सनग्लोरी, स्कर्लसहोम, एजेलिया, माउण्टएभरेष्ट, शिक्षा सन्देश, सप्तकोशी, मोरङ पब्लिक, माउण्ड मकालु, सनसाइन, रिलायन्स र भानु सेकेण्डरी स्कुल पुगेका थिए। यसैगरी सिनियरतर्फ रेडस्टार पथरी, विध्याज्योति, आर्दश, रिलायन्स, एभरेष्ट पथरी, लम्भिएन्जल्स, बालजगत, पूर्वाञ्चल, सुविजिमुर मेमोरियल, अरनिको, सिद्धार्थ सिसुसदन, मिनिल्याण्ड, जिवन विकास, पशुपति, भृकुटीमोडल, बालप्रतिभा, सनसाइन स्कुल फाइनलमा पुग्न सफल भएका थिए ।

Untitled-5 26