नेपालको मध्य पहाडि क्षेत्र कृषि उत्पादनका दृष्टीले धेरै महत्वपूर्ण क्षेत्र हो । महाकाली देखी मेचि सम्मका एकसय भन्दा वढि नदिहरुका कोरीडोरहरुमा धान खेती हुन्छ । आसपास आरामले मकै, भटमास, र गहुंको खेतीकोलागी मध्यपहाडी क्षेत्र प्रसिद्ध नै छ । अझ कोदो, फापर, लट्टे, जुनेलो, वदाम जस्ता वहुमूल्य खाद्यवस्तुको खेती यसै क्षेत्रमा मात्र हुन्छ । गहत, मास, मस्यांग, चना, सिमी जस्ता अत्यन्त लाभकारी दल्हन यसै क्षेत्रमा उत्पादन हुन्छ ।
पशुपालनका हिसावले पनि यो क्षेत्रको विशिष्ट स्थान छ ।विशेष गरि चरिचरणको प्रचुरता भएकोले गाई, वाख्रा तथा भेडापालको यहा उच्च स्थान छ । पहाडी क्षेत्र भएपनि भैसी पालन समेत वरोवर हुने गरेको अवस्था हो । यो क्षेत्र मासु तथा दुध उत्पादनका दृष्टीले पनि ज्यादै नै महत्वपूर्ण छ । भेडाको उनवाट प्राप्त हुने अत्यधिक राडी,पाखी, स्वीटर र गलैचा यसे क्षेत्रवाट प्राप्त हुन्छ ।
फलफुल तथा जडिवुटीका उत्पादनका दृष्टिले पनि मध्यपहाडी क्षेत्र देशको सवैभन्दा मूख्य आधार हो । मेची देखी महाकाली सम्मका पहाडहरुमा उचाई र सिजन अनुसारका अनेका थरिका फलफुल फलाउन सकिन्छ । आंप, कटहर, लिची, लप्सी, ओखर, स्याउ, सुन्तला, जुनार, मौसम, आरु,आरुवाख्रा, नासपाती र गुलावजामुन जस्ता घरेलु फलफुल फलाईन्छ भने ऐशेलु, काफल, चुत्रो, जामुन जस्ता जंगली फलमात्र होईन चिया, कफि, अलैची, अल्लो, अमरिसो, जस्ता महत्वपूर्ण वावीहरुको यस क्षेत्रमा जंगलनै वनाउन सकिन्छ ।
तरकारी उत्पादनका हिसावले पनि उम्दा क्षेत्र यो हो । काठमाडौं सहित शहरी क्षेत्रमा खपत हुने लगभग ४० प्रतिसत भन्दा वढी तरकारी यतैवाट आउने गर्दछ । आलु, काउली, साग ,टमाटर, प्याज, छ्यापी, लसुन , गाजर, मुला, वन्दा, काक्रो, स्कुस सहित संसारमै सवभन्दा महंगो मानिने तरकारी कुरिलो, जंगली च्याउ सहित विभिन्न थरिका तरकारीहरुको प्रचुर सम्भावना रहेको क्षेत्र हो यो ।
संसारमा सवभन्दा महंगो जडिवुटी केशर, यार्सागुम्बा यतैका उच्चपहाडी भेकमा पाईन्छ । त्यती मात्र होइन जेठीमधु, गुर्जो, रुदिलो, देखी लिएर हर्रो, वर्रो , अमला, अश्वगन्धा जस्ता अती वहुमुल्य जडिवुटीको भण्डार यही क्षेत्रमा छ । सालसिड, वोधिचित्त, रुद्राक्ष जस्ता ज्यादै मूल्यवान वन्य उत्पादन पनि यही क्षेत्रमा पाईन्छ ।
अझ मध्यपहाडी भेगको प्रकृती र संस्कृतिको वयान गरि साध्य छैन । सुदुर पस्चिमको देउडा, गण्डकीको रोदी र दोहरी, मध्येक्षेत्रको कांठे-मारुनी र पूर्वको धाननाच सवैलाई लोभ्याउन काफी छ । पूर्वको कन्याम र सुदूर पस्चिमको खप्तडको वयान अहिले सम्म सकिएको छैन । पस्चिमको वडिमालीका, मध्यक्षेत्रको कालिन्चोक भगवती र पूर्वको पाथिभारा देवीले सारालाई तानिरहने छन ।
यस्तै खोटांङको हलेसी महादेव, प्यूठानको स्वर्गद्वारी, पोखरा फेवातालको तालवारही र विन्दवासिनी सवैको चर्चामा हुन्छन । नेपाल राष्ट्रको विजयका प्रतिक अमरगढी, सिन्धुलीगढी, चिसापानी-जितपुरगढी, यसै भेगमा पर्छन । दैलेखको पेट्रोल, पोखराको फेवाताल र लमजुङको घलेगाऊ आदीले हाम्रो मन लोभ्याई नै रहन्छन ।
विकासका हिसावले तुलनात्मक रुपले अघि वढेका अमरगढी डडेल्धुरा, सूर्खेत, वाग्लुङ, पोखरा, विदुर, धुलिखेल, नमोवुध्द, दिक्तेल, वसन्तपुर, धनकुटा र फिदिम जस्ता निर्माणाधिन नयां शहरहरु यसै भेगमा पर्दछन । यसैले प्रकृती, संस्कृति र आर्थिक गतिविधीको संगम हो मध्यपहाडी क्षेत्र । तामाकोशी, कुलेखानी र मधेशलाई समेत सिचाई दिने सुनकोशी ड्राईभर्सन जस्ता ठुलठुला जलविद्युत तथा सिंचाई आयोजनाहरु यसै भेगका गहना र राष्ट्रीय परिचय हुन ।
यसो त २०४८ साल सम्म पनि नेपाल अन्न निर्यात गर्ने देश थियो । २०५१ /०५२ सम्म पनि पहाडको जनघनत्व निकै सन्तुलीत थियो । २०४८ साल पछि नेपाली काग्रेसको सरकारले निजिकरणको नाममा १० औ नेपाली उद्योग धन्दाहरु विक्री गर्ने काम सुरु गर्यो । यसले वेरोजगारी वढाउन थाल्यो । २०५२ सालपछि माओवादीहरुले कथित जनयूध्दको नाममा देशमा द्वन्द र निरासाको खेती सुरु गरे । अझ मध्यपहाडी क्षेत्रमा अड्डा जमाएर उनिहरुले यूवा हरुलाई जवर्जस्ती कथित जनशेनामा भर्ना गर्ने काम सुरु गरेपछि वसाई सराई तथा यूवा पलायन तिव्र भएको हो ।
उनिहरुले जनताका घरमा पालेका गोरु रागा तथा खसिहरु लिएर जाने, काटेर खाने गर्दथे । गाउका अली धनीहरु कहा भने लुटपाट गरेर वम पड्काई दिने गर्दथे ।
अली साना तिना व्यापारी तथा अलिकती पैसा भएकाहरुको घरवाट रकम व्यापारी तथा अलिकती पैसा भएकाहरुको घरवाट रकम लिएर जाने, नभए रागा खसि पनि लिने, यूवायूवतीहरुलाई शेनामा भर्ना हुन दवाव दिने काम गरिरहे । यस्तो खाले तनावले गर्दा पहाडी क्षेत्रवाट यूवाहरु पलाएन हुने क्रम झन तिव्र भएको हो ।
यस भेगका प्राय सबै जसो जिल्लाहरुका मुख्य नाकाहरुमा वसेर उनिहरुले जनताको मुक्तिको नाममा तिव्र चन्दा आतंक चलाए , तत्कालीन सरकारले पनि यो भेगमा उहि मात्रामा दमनको सिलसिला सुरुगर्यो । संघर्ष र दमनको सिलसिलाले लडाई चल्दै र वढ्दै गयो । गाऊ गाऊवाट सुरक्षा पोष्टहरु भाग्न थाले । सुरक्षा समस्या वढ्दै गयो । धनिमानीहरु पहिलेनै शहर पसि सकेका थिए । वैक तथा वित्तीय संस्थाहरु लुटिने डरले भागी हाले । यसले वसाई सराई र युवा पलायन शलाई अरु सहज वनाई दियो ।
यिनै कारणले गर्दा यहाका थोरै पनि शिप र सम्भावना भएका मानिसरु कौडीको भाउमा घरखेत वेचेर या त्यसै छोडेर विदेश जान थाले । कतिपय काठमाडौं तीर पस्न या नजिको शहर तिर डेरा गरेर वस्न थाले । उनिहरूको खेत वाझो वस्यो, अन्न किनेर खान थाले । गाई वाख्रा भैसी वेचे , दुध तथा मासु उत्पादन हुन छाड्यो । यूवा विद्यार्थीहरूले गाउ छाडे । स्कुल वन्द हुन थाल्यो । राज्य निरिह जस्तै भयो । जनताको वारेस भएन । मध्यपहाड नाङ्गो भयो । अहिले केही सुधारहरु त सुरु भएको छ । तर यस क्षेत्रको शिक्षा,स्वास्थ्य, वसोवास, यातायत, उत्पादन वृ्ध्दी, पर्यटन तथा रोजगारीको क्षेत्रमा धेरै काम गर्न बाकीँ छ । यसको लागी राज्य जनमुखी भएर आउनु पर्दछ । नेकपा एमालेले सबै पक्षको अध्ययन गरेर पूर्ण तयारी गर्नु साथ अघि वढ्नु आवस्यक छ । जय जय होस ।।।
(लेखक: पुरुषोत्तम पौडेल नेकपा(एमाले)को पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री हुनुहुन्छ ।)



















